काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय भएको बताएका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।
उनले रविप्रति सद्भाव जनाउन आफू पोखरा पुगेको बताए । ‘यो प्रतिशोधपूर्ण हो भन्ने कोणबाट मैले बुझेको छ । कानुनलाई कसैले चुनौती दिन सक्दैन । तर उनीमाथि प्रतिशोध साँधिएको छ,’ उनले भने, ‘सहकारीको अनुसन्धानलाई विषयान्तर गर्न खोजिँदै छ । अहिले ठूला ३४ टाउकाले जनतालाई पनि ठग्ने र आफ्ना प्रतिस्पर्धीलाई पनि तर्साउने काम गरिरहेका छन् ।’
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।
Trending Now
- Zamit’s ‘Learning Power’ Workshop Empowers Over 2,000 Students Across India and Nepal
- Egypt announces new archaeological discoveries near Luxor
- Sri Lanka President launches National Initiative for R&D Commercialization
- Nepal recognises contribution of Indian diaspora at Pravasi Bharatiya Divas
- US: Out-of-control wildfire in Los Angeles kills 10
- Jaipur Literature Festival 2025 hosts a Glittering Delhi Preview
- Farewell to the Women’s U-19 Team for the World Cup
- Over 52,000 Syrians return home from Turkey
- अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
- Ukraine claims 13 of its citizens killed in latest Russian attack
Comments are closed.