काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबा हिरासतमुक्त भएकी छिन् ।काठमाडौं जिल्ला अदातलका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दुईवटा मुद्दामा उनलाई सोमबार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । उनी २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी हुन् ।
म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएपछि उनलाई महाराजगञ्ज बृत्तको टोलीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।प्रहरीले उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो । ती दुईमध्ये कुटपिट अंगभंगमा १० हजार र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै छुटेको बताइएको छ ।गत फागुनमा सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए ।रितु नामकी अर्की युवतीलाई गर्भवती भएको अभिनय गर्न लगाएर शर्मिलाले पवनसँग रकमको मोलमोलाइ गरेको आरोप पनि लागेको थियो ।
Comments are closed.