३ महिनामा पशुपतिको सारा विसङ्गति सफा गर्छु : सुदन किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ३ महिनामा पशुपति मन्दिरको सारा विसङ्गति सफा गर्ने बताएका छन् ।

आफूले पशुपति सफा गर्दा हिन्दुको आस्थाको केन्द्र त किरातले किन सफा गरेको भन्ने आवाजहरू आएपनि यो आफ्नो कर्तव्य रहेको बताए ।

नेपाल थामी समाजकाे छौटौ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले भने, ‘पशुपतिमा फूलमा, मान्छे पोल्ने दाउरामा घुस खाइन्छ । भेटी समेत चोरिन्छ । म यहाँको फोहोर मात्र होइन सारा विसङ्गति सफा गर्छु । पशुपति नेपालको गौरव हो यो सच्याउने जिम्मा किरातीको छोरालाई आएको छ ।’

उनले संस्कृतिहरु हराउँदै गएको प्रति दुख व्यक्त गरे ।

Comments are closed.