झण्डै ७ किलो सुन र आधा करोड रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक सार्वजनिक
पोखरा । पोखराबाट ६ किलो सुन र ६ तोला चाँदीसहित पक्राउ परेका भारतीय नागरिक सुरजित भौमिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सोमबार बिहान पोखरा २ मोहोरियाटोलबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज सार्वजनिक गरेको हो । उनको घर भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर हो ।उनलाई ६ किलो सुन र ६२ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको कास्कीका प्रहरीले जनाएको छ । कोठाभित्र लुकाइछिपाइ राखेको ६.६९ किलो सुन, ६ तोला चाँदी र ६२ लाख ८१ लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
३ तले घर भाडामा लिई बस्दै आएका भौमिकले अवैध सुन आयात गरी गरगहना बनाएर बिक्री गर्दै आएको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउइने कास्की प्रहरीको भनाई छ ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.