६ खर्बको वस्तु आयात हुँदा निर्यात ६३ अर्बमात्रै, देशको व्यापार घाटा ५ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तासम्म (५ महिना) मा कुल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
जसमध्ये कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँको वस्तु आयात भएको छ भने ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागले जनाएको छ।
जसअनुसार देशको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रहेको छ। गत वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो।
जसमध्ये ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको थियो भने ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको आयात भएको थियो। सो वर्ष देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको थियो।
जसअनुसार गत वर्षकोभन्दा चालु वर्ष आयात निर्यात दुवै घटेको पाइएको छ। गत वर्षकोभन्दा यस वर्ष ३.३९ प्रतिशतले आयात घटेको छ भने ६.०९ प्रतिशतले निर्यात घटेको हो।
१ खर्ब २८ अर्ब बढि पेट्रोलमा बाहिरियो
चालु आर्थिक वर्षको पााँच महिनामा सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात भएको छ। पेट्रोलियम पदार्थ मात्रै १ खर्ब २८ अर्ब ६३ करोड २४ लाख ७४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो।
यस्तै ६६ अर्ब ५९ करोड ३२ लाख ८० हजार रुपैयाँको फलाम आयात भएको छ। ३९ अर्ब ४२ करोड ४२ लाख ४६ हजार रुपैयाँका बोइल मेशिन आयात भएको छ। ४५ अर्ब २४ करोड बराबरको मेहिनरी पार्टस् आयात भएको छ। ५ अर्ब ९३ करोड ९८ लाख ९ हजार रुपैयाँको आलमोनियम आयात भएको छ। १ अर्ब ६४ करोड ४५ लाख २५ हजार रुपैयाँको जस्तापाता आयात भएको छ।
२४ अर्ब बढी बाहिरियो तरकारी र फलफूलमा
२४ अर्ब ३५ करोड ४१ लाख ४४ हजार रुपैयाँ फलफूल र तरकारीमा बाहिरीएको विभागले जनाएको छ।
१४ अर्ब ९७ करोड ६६ लाख ७३ हजार रुपैयाँको तरकारी आयात भएको छ। ९ अर्ब ३१ लाख ६ हजार रुपैयाँको फलफूल आयात भएको छ। ४ अर्ब ७८ करोड ८१ लाख ७४ हजार रुपैयाँको चियाकफी आयात भएको छ।
७ अर्बको पलाम निर्यात
७ अर्ब १७ करोड ६९ लाख ९१ हजार रुपैयाँको फलाम निर्यात भएको छ। ५ अर्ब ९७ करोड ४० लाख ७७ हजार रुपैयाँको चिया कफी निर्यात भएको छ। ४ अर्ब ९० करोड ५७ लाख ५९ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ।

Comments are closed.