चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन्।
दुई देशले संयुक्त रूपम बेइबु खाडीमा माछापालनका स्रोतहरू पुनःस्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको सीमावर्ती शहर फाङ्चेनगङ्मा भएको थियो।
यस वर्षको कार्यक्रम अन्तर्गत ब्ल्याक सी ब्रीम, येलोफिन सी ब्रीम र झींगा माछा लगायत आठ प्रजातिका जलीय जीवहरूलाई बेइबु खाडीको पानीमा छाडिएको थियो।
चीन-भियतनाम माछापालन सहयोगको लामो इतिहास रहेको र यस्तै अन्य क्षेत्रमा दुई देशबीचको सकारात्मक अन्तरक्रिया र सहयोगले दुवै पक्षका जनतालाई ठोस लाभ दिएको पनि कृषि तथा ग्रामीण मामिलाका उपमन्त्री मा यु छ्याङले बताए।
सन् २०१७ देखि चीन र भियतनामले बेइबु खाडीमा पाँचवटा समान कार्यक्रमहरू सञ्चालन गरेका छन् जसमा चीनद्वारा २२६ मिलियन भन्दा बढी माछा र झिंगाहरू संरक्षण गरिएको छ।
Trending Now
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
Comments are closed.