काठमाडौंका १२ जना नगर प्रहरीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले उनीहरुलाई आज प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ ।तह वृद्धि गरिएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिए।

Comments are closed.