पाकिस्तानको बलुचिस्तानमा रहेको कोइला खानीमा विस्फोट हुँदा १२ जना मजदुरको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा विस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति विस्फोट भएको बताएका छन् । विस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य आठ जना मजदुर आफ्ना फसेका सहकर्मीलाई उद्धार गर्न खानी भित्र पसेको उनको भनाई छ ।

उद्धार टोलीले खानीबाट १२ जनाको शव र आठ घाइते निकालेको उनले बताए । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।

Comments are closed.