काठमाडौँ / काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेजमा आयोजित १२औँ व्यापार मेला सम्पन्न भएको छ । कलेज परिसरमा जेठ २९ गतेदेखि सुरू भएको उक्त मेला आज शुक्रबार अर्थात पाँचौँ दिनमा सम्पन्न भएको हो । महोत्सवमा २५ भन्दा धेरै स्टलहरूमा खानेकुरासहित बजारमा उत्पादन भएका सामानहरू राखिएको थियो ।
सो कार्यक्रमका लागि कलेजले विद्यार्थीहरूलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरूले आफ्नो व्यापार सुरु गर्दछन् ।
उक्त कार्यक्रमबाट विद्यार्थीहरूले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरूलाई व्यापारको वास्तविक महत्त्व सिकाउने मुख्य लक्ष्य लिएको कलेजले जनाएको छ ।
साथै, उक्त कार्यक्रमबाट विद्यार्थीहरूले व्यावसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्किङको बारेमा विस्तिृत रूपमा बुझ्ने अवसर पाउनेछन् ।
यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरूले त यो विजनेश आइडियालाई नै अगाडी बडाउने लक्ष्य लिएको कलेजको भनाइ छ ।
कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनिय उपस्थिति थियो । उक्त मेला करिब ५ हजार जनाले अवलोकल गरेका थिए ।
Comments are closed.