काठमाडौं– मलेसियामा दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।शुक्रबार बेलुकी ९ः३५ बजेतिर जालान चांकाट जोङको बाटु–८ मा कारको ठक्करबाट मृत्यु भएपछि नेपालीले हूलदंगा गरेका थिए । त्यस क्षेत्रका लगभग १ हजार कामदार घटनास्थलमा भेला भएर ट्राफिक अवरुद्ध गरेका थिए । आन्दोलन गर्ने १ हजारमध्ये १३ जनालाई पक्राउ गरिएको हिलिर पेराकका प्रहरी प्रमुख बकरी जैनल अबिदिनले बताएका छन् ।
प्रहरी प्रमुख बकरी जैनल अबिदिनले भने, ‘तेलुक इन्टान जिल्ला प्रहरी मुख्यालय (आईपीडी)बाट एक टोली व्यवस्था पुनःस्थापित गर्न खटाइएको थियो, बिहान २ बजेसम्ममा स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो, अन्य सबै नेपाली कामदार आ–आफ्नो छात्रावासमा फर्किए ।’उनका अनुसार पक्राउ परेकामाथि दण्डसंहिताको धारा १४७ अन्तर्गत अनुसन्धान भइरहेको छ । हिट एन्ड रन मुद्दा सडक यातायात ऐन १९८७ को धारा ४१(१) अन्तर्गत पर्दछ ।पक्राउ परेका सबैलाई चार दिनका लागि हिरासतमा राखिएको छ । उनले थप अनुसन्धानका लागि तेलुक इन्टान मजिस्ट्रेटको अदालतमा निवेदन दिएको बताए । उनले भने, ‘जनताको सुरक्षा कायम राख्न र उपयुक्त कानुनी उपायहरू लागू गर्न अधिकारीहरूले संलग्नहरूविरुद्ध कडा कारबाही गर्नेछन् ।’जनतालाई घटनाको कुनै पनि जानकारी भएमा अगाडि आउन र अनुसन्धान अधिकारी मोहम्मद स्यामिललाई ०११–१००६ ५८१७ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन । पक्राउ परेका नेपाली कामदार कार्यरत कम्पनी र उनीहरूको पहिचान खुलाइएको छैन ।
Trending Now
- काठमाडौंमा शंखपार्क सर्वाधिक प्रदूषित, इलाम पनि अस्वस्थकर
- Chinese EV maker BYD overtakes US Tesla
- The journalist who leaked the group chat of the plan to attack the Houthis was declared as “Anti-Trump”
- द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट छ : सभापति देउवा
- बबिनाको ‘मदहोस’ सार्वजनिक
- हेलो सरकारलाई साइबर हमला: वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो
- नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
- South Korea’s deadliest wildfire: Death toll rises to 26
- शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक
- पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने
Comments are closed.