काठमाडौं । प्रधानमन्त्री पुष्ष कमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय परिचयपत्र छपाइको काम दैनिक दुई शिफ्टमा भइरहेको जानकारी दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले परिचपयपत्रको पछिल्लो प्रगतिबारे जानकारी दिएका हुन् ।
“रष्ट्रिय परिचयपत्रको क्षेत्रमा ठूलो सुधार आएको छ । गत पुस ११ सम्म दैनिक ७ हजारको संख्यामा छपाई हुने परिचयपत्र अहिले दुई शिफ्टमा काम गरेर दैनिक १५ हजारको संख्यामा छापिरहेको छ,” उनले भने ।
यसका साथै ५३ जिल्लाका ५५४ स्थानीय तहमा अभियान सञ्चालन गरी करिब एक करोड ३० लाख नागरिकको विवरण संकलन गरिसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
Comments are closed.