लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले १६ जना पक्राउ गर्न सफल भएको छ ।
• काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ आदर्शटोलस्थित खाजा पसलबाट अवैध लागु औषध गाँजाको धुलो (पोल्याण्ड) १ किलो ३ सय ग्राम र घरेलु मदिरा करिब १ सय ५० लिटर सहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागु औषध र घरेलु मदिरा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
• बझाङ, बित्थडचिर गाउँपालिका-३ दुधढल्लाबाट अवैध लागु औषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ४५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुंगल नगरपालिका-२ दहबगर पौटा बस्ने २९ वर्षीय दीपक धामी र ४५ वर्षीय आइते धामी रहेका छन् । प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले बागथलाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ च ३९३३ नम्बरको जिपलाई जाँच गर्ने क्रममा जिपको पछाडि राखेको मकैको कट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी जिपका चालक दीपक र जिपमा सवार आइतेलाई पक्राउ गरेको हो ।
• चितवन, राप्ती नगरपालिका-२ गडौली पन्थ डाँडाबाट अवैध लागु औषध गाँजा ५ किलो ३ सय ९० ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन लामा, २६ वर्षीय गोविन्द प्रजा र २६ वर्षीय सफल परियार रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
• झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ सृजना बस्ती बस्ने इलाम सूर्योदय नगरपालिका-८ घर भएका २१ वर्षीय पञ्चसिङ तामाङ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
• कैलाली, टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित लम्किचुहा नगरपालिका-१० घर भएका २४ वर्षीय मनराज सुनारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
• मोरङ, पथरी नगरपालिका-१ सुनाखरी टोल बस्ने २५ वर्षीय राजेश मादेन समेत ५ जनालाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
• बैतडी, डिलासैनी गाउँपालिका-२ गन्नाबाट अवैध लागु औषध चेरश ७ सय ५० ग्राम सहित दार्चुला अपिहिमाल गाउँपालिका-५ बस्ने ४६ वर्षीय दान सिह धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

Comments are closed.