Trending Now

अमेरिकामा फ्लुका कारण १९ हजारको मृत्यु

काठमाडौ,बैशाख १० l अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो एक बर्षको तथ्यांकअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् ।

तथ्यांक अनुसार यो बर्षको पहिलो १ सय दिनमा फ्लुका १९ हजार जनाको मृत्यु भइसकेको छ। यो मौसममा अहिलेसम्म बाल रोगका कारण १ सय ४३ जनाको मृत्यु भएको छ।सीडीसीको तथ्यांकअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन्।

अमेरिकामा छ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले सुझाव दिएको छ।

Comments are closed.