Trending Now

दर्ता र नवीकरण नगरी चलेका २ अस्पतालमा महानगरको ताला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता र नविकरणविना नै सञ्चालन भइरहेको दुई वटा अस्पताललाई सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा सञ्चालमा रहेको चाइना पिपुल्स अस्पताल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवं वर्थिङ सेन्टरमा सिलबन्दी गरेको हो ।

केही समयअघिदेखि नै उक्त अस्पतालको दर्ता नभएको आधारमा अनुसन्धान गरिएको र आज तालाबन्दी गरिउको महानगरपालिकाले जनाएको छ ।

Comments are closed.