भुवनेश्वर । ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् । दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।
६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको सोरो प्रहरी कार्यालयले जानकारी दिएको छ । यात्रुवाहक बस कोलकाताबाट पुरी जाँदै गरेको थियो ।
बालासोरका सादर सब–डिभिजनल प्रहरी अफिसर शशांक शेखर बेउराका अनुसार ढाबामा रोकिराखेको ट्रकमा उक्त बस बिहान करिब ५ बजे ठोक्किएको थियो । घाइते सबैलाई सोरो अस्पताल लगिएको थियो । सबै नेपाली तिथार्लु उपचारपछि डिस्चार्ज भइसकेको बेउराले बताए ।
घटनामा बस ड्राइभरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ ।
प्रहरीले तिर्थालुका लागि खानाको व्यवस्था गरेर उनीहरूलाई आफ्नो गन्तव्यतर्फ पठाएको छ । बसमा सवार रहेका कमलेश कुमार मिश्राका अनुसार तिर्थालुहरु जगन्नाथको दर्शनका लागि जाँदै थिए ।
Trending Now
- विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री राणा र कतारका विदेशमन्त्रीबीच फोनवार्ता
- कांग्रेसभित्रै सरकारप्रति चरम असन्तुष्टि देखिन्छ: प्रचण्ड
- पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ७ बुँदे ध्यानाकर्षणपत्र
- ठमेलबाट चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ४ भारतीय पक्राउ
- Boko Haram killed 40 farmers in northeastern Nigeria
- South Korean President Arrested
- सिंहदरबारमा विपक्षी दलहरुको संयुक्त बैठक बस्दै
- नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती
- Over 92,000 evacuated as Los Angeles wildfires claim 25 lives, destroy 12,300 structure
- US tightens its grip on AI chip flows
Comments are closed.