कैलाली । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा २५ हजार बढी सवारी कारबाहीमा परेका छन ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाको तथ्याङ्क अनुसार ६ महिनामा २५ हजार चार सय ७८ सवारी साधन कारबाहीमा परेका हुन्।
सुदूरपश्चिममा गत साउनदेखि पुस महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधन कारबाहीबाट सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले एक करोड ८४ लाख ५५ हजार राजस्व सङ्कलन गरेको हो।सुदूरपश्चिममा सवारी साधन कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छन् । प्रदेशमा ६ महिनाको अवधिमा १० हजार पाँच सय ६ मोटरसाइकल कारबाहीमा परेका छन् ।मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिल बुक बिना सवारी चलाउने, द्रुत गतिमा सवारी चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक र सवारी साधनलाई कारबाही गरिएको बताइएको छ ।
Trending Now
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
- नेपाल लेखक संघको अध्यक्षमा बुढाथोकी निर्वाचित
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
Comments are closed.