Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

कथा वाचनको २७ औँ शृङ्खला सम्पन्न

Editorial Team by Editorial Team
February 8, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
कथा वाचनको २७ औँ शृङ्खला सम्पन्न
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत हुने गरेको दशक-दशकका कथा वाचनको मासिक कार्यक्रमको अर्को शृङ्खला हिजो माघ २३ गते सम्पन्न भएको खबर छ।
कथाकार पुष्कर लोहनीको निवास डिल्लीबजार घट्टेकुलोमा प्रत्येक महिनाको अन्तिम शुक्रवार हुने गरेको कार्यक्रमको यो २७ औँ शृङ्खला हो।
कार्यक्रममा कथाकार राशि पाण्डेले २०४० को दशकको कथा ‘सिङथाजी’ र मधुसूदनप्रसाद घिमिरेले’ २०६० को दशकको कथा ‘गहिराइ’ वाचन गरेर सुनाएका थिए।
दिवङ्गत भइसकेका कथाकारको कथा वाचन गरेर शुरू हुने कार्यक्रममा यस पटक कथाकार लक्ष्मीनन्दन शर्माको कथा ‘लतमाया’लाई कथाकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले वाचन गरेर सुनाएका थिए। जुन कथा १९९७ वैशाख संख्या १ वर्ष ६ को ‘शारदा’मा छापिएको हो।
राशि पाण्डेद्वारा वाचन गरिएको कथा ‘सिङथाजी’ २०४५ साल असारको गरिमा पत्रिकामा छापिएको ‘समयको घाउ’ कथा हो भने मधुसूदनप्रसाद घिमिरेद्वारा वाचन गरिएको कथा ‘गहिराइ’ २०६० असारको दायित्व पत्रिकामा छापिएको कथा हो।
कार्यक्रममा वाचन गरिएका कथाहरूमाथि समीक्षकद्वारा संक्षेपमा समीक्षा गरिएको थियोे भने श्रोताहरूका जिज्ञासा माथि कथाकारहरूले रचनागर्भका बारेमा प्रष्ट्याएका थिए।
समीक्षक प्रा.डा.भरतकुमार भट्टराईले कथा ‘सिङथाजी’ को बारेमा संक्षेपमा बोल्दै उनले कथाको शीर्षक नै आकर्षक र भावपूर्ण रहेको बताए। रसुवाका तामाङ भाषामा सिङथाजीको अर्थ छोडपत्र वा सम्बन्ध विच्छेद हो। सिङथाजी कथा त्रिकोणात्मक प्रेमको कथा हो जुन पूर्व स्मृतिमा आधारित छ र कथाले तामाङ समुदायको संस्कृति बोलेको छ भनेर बताए।
त्यसैगरी, समीक्षक पवित्रा अधिकारीले ‘गहिराइ’ कथाका बारे संक्षेपमा टिप्पणी पेश गरेकी थिइन्। गहिराइ कथा शुरुमा निबन्ध जस्तो लागेको भए पनि पढ्दै जाँदा कथा भएको बताइन्। यो कथा तीन पुस्ताको कथा भएको र संस्कारको पुस्तान्तरण भएको कथा भएको बताउँदै सामाजिक विकृति र विसंगति भएको कथा भए पनि आशावादी चिन्तन भएको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै परिकल्पनाकार पुष्कर लोहनीले ९ कक्षामा पढ्दै गर्दा २०१० सालदेखि निरन्तर साहित्यमा लागेको बताए। मन्तव्यका क्रममा नेपाली कथा साहित्यका विभिन्न कालखण्डमा भएका घटनाहरूका बारेमा बोलेका थिए।
कार्यक्रममा परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य राख्दै कथा साहित्यमा पुनर्जागरण ल्याउनका लागि २०८० साउनदेखि यस अभियानको शुरुआत गरेको बताए। नेपाली कथा साहित्यमा शुरुदेखि नै महिला सहभागिता कम रहेकोमा हाल आएर क्रमश: सहभागिता संख्या बढेकोमा खुशी व्यक्त गरेका थिए। कथा वाचनपछि समीक्षा गर्ने गरेको प्रसङ्ग उठाउँदै उनले महिला समीक्षक पनि कमी भएकोमा चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन उपन्यासकार शुक देव उपाध्यायले गरेका थिए।

Advertisement Banner
Previous Post

गौरी तमुको ‘सैँप्रोल’ कवितासङ्ग्रह सार्वजनिक

Next Post

सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

Editorial Team

Editorial Team

Next Post

सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

Recommended

WFP to prioritize feeding 110 million of the hungriest in 2026 as global hunger deepens amidst uncertain funding

WFP to prioritize feeding 110 million of the hungriest in 2026 as global hunger deepens amidst uncertain funding

5 months ago
३ वर्ष जेल बसेर छुटेको ७० दिनमै ‘महाचोर’ को आतंक

३ वर्ष जेल बसेर छुटेको ७० दिनमै ‘महाचोर’ को आतंक

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.