प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार ठगी, पन्चु पक्राउ

मोरङ । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा कटहरी गाउँपालिका(३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेका थिए ।उनीमाथि ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Comments are closed.