काठमाडौं। कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङ छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।
कतारबाट आएको हिमालय एयरको जहाजमार्फत उनीहरुले भन्सार छलेर ८१ ग्रामभन्दा बढी सुन ल्याएको आरोप लागेको छ ।कतारबाट-६ असारमा आएका खाँलाई सिनामंगलबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन भेटिएको थियो ।जिन्स पाइन्टको कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर उनले कतारदेखि सुन ल्याएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
खाँले ल्याएको सुन रिसिभ गर्न आएको अवस्थामा परियार र गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीहरुले हातमा लगाउने चेन र औठीको आकारमा भन्सार छलेर सुन ल्याएको आरोप लागेको छ ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.