Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

अनेसासको ३५ औं स्थापना दिवस सम्पन्न

Editorial Team by Editorial Team
January 18, 2026
in Literary Festival & Event, Nepal, News
0
अनेसासको ३५ औं स्थापना दिवस सम्पन्न
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल (अनेसास) नेपाल च्याप्टरद्वारा आयोजित ३५ औं स्थापना दिवस समारोह विशेष कार्यक्रमका साथ काठमाडौंको अनामनगरस्थित सामाजिक सेवा भवनमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार भुवनहरी सिग्देल रहेका थिए भने विशिष्ट अतिथिहरूमा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, अनेसास केन्द्रकी सल्लाहकार लिला लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार रामप्रसाद दाहाल, पवन आलोक, तथा सम्मानित स्रष्टा डा. कृष्णहरी बराल लगायत थुप्रै साहित्यकार, लेखक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. को सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली साहित्यको वर्तमान अवस्था, भविष्य र अन्तर्राष्ट्रिय पहुँचका विषयमा व्यापक छलफल गरिएको थियो। वक्ताहरूले नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वभर फैलाउन अनेसासले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरे।


प्रमुख अतिथि सिग्देलले अनेसासले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न गरेको योगदान उल्लेख गर्दै, विभिन्न देशहरूमा रहेका नेपाली साहित्यकारहरूलाई एउटै सञ्जालमा आबद्ध गराई साहित्यिक गतिविधिहरू सञ्चालन गरिएकोमा खुशी व्यक्त गरे। उनले यस्ता संस्थागत प्रयासले नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा नेपाली साहित्य तथा सांस्कृतिक योगदानको महत्वमाथि विशेष चर्चा गरिएको थियो भने अनेसासले नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पुर्‍याएको योगदानलाई पनि उजागर गरिएको थियो।
यस अवसरमा सम्मानित स्रष्टा डा. कृष्णहरी बराल ले आफूलाई सम्मानित गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउँदै, आगामी दिनहरूमा नेपाली साहित्य र संस्कृतिको उन्नयनका लागि अझ सक्रिय रूपमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
समारोहको अन्त्यमा अनेसास नेपाल च्याप्टरले आगामी दिनहरूमा देश तथा विदेशमा नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि विविध कार्यक्रम, साहित्यिक गोष्ठी तथा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने योजना सार्वजनिक गरेको छ।

Advertisement Banner
Previous Post

जगदीश घिमिरे प्रतिष्ठानद्वारा आलोक र चौलागाईं पुरस्कृत

Next Post

ट्रम्पलाई इरानले गर्‍यो अपराधी घोषणा

Editorial Team

Editorial Team

Next Post
ट्रम्पलाई इरानले गर्‍यो अपराधी घोषणा

ट्रम्पलाई इरानले गर्‍यो अपराधी घोषणा

Recommended

New UK PM set to be announced on September 5

New UK PM set to be announced on September 5

4 years ago
Three Yalies awarded 2026 Rhodes Scholarships

Three Yalies awarded 2026 Rhodes Scholarships

4 months ago

Don't Miss

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

March 28, 2026
Finance Minister Wagle assumes office with reform mandate

Finance Minister Wagle assumes office with reform mandate

March 28, 2026
Former Nepal Prime Minister KP Oli arrested

Former Nepal Prime Minister KP Oli arrested

March 28, 2026
Former Home Minister Ramesh Lekhak arrested

Former Home Minister Ramesh Lekhak arrested

March 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.