सात दिनसम्म दैनिक ४ घण्टा विद्युत् अवरुद्ध काठमाडौंका यी स्थानमा

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौंका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने जनाएको हो ।

आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । समय अगाडि नै काम सकिएको अवस्थामा ५ बजेभन्दा अगाडि नै विद्युत् आपूर्ति सुरु गरिने प्राधिकरणले जनाएको छ ।

Comments are closed.