Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

Editorial Team by Editorial Team
December 25, 2025
in Government, Nepal, News
0
सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई कुनै दबाब र हस्तक्षेप नगर्दा १०० दिनमा ४० भन्दा बढि ठूला मुद्दाहरु अदालतमा पुगेको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरु अदालत पुग्न नसकेको धारणा राखे।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा यो तीन महिनामा,१०० दिनमा ४० वटाभन्दा बढि ठूला–ठूला मुद्दाहरु अहिले अदालत पुगेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती मुद्दाहरूलाई अगाडि बढाएको छ। त्यसको मतलब सरकारको के उपलब्धी भयो भन्नुहोला विगतका दिनहरुमा राज्यका निकाय जसले भ्रष्टाचार नियन्त्रणको लागि काम गर्दथ्र्यो ती निकायहरुलाई विगतको दिनमा प्रभाव र दबाब हुन्थ्यो। हस्तक्षेप हुन्थ्यो तर अहिले यो सरकारले ति निकायहरुलाई कुनै पनि दबाब दिएको छैन।’

त्यस्तै उनले सबै राजनीतिक दलले चुनावमा भाग लिन तयार भएको बताउँदै अब फागुन २१ को चुनावलाई लिएर कुनै दुविधा नरहेको बताए।

‘चुनाव हुने कुरामा अब कुनै दुविधा रहेन। हामीले हिजो र आज मात्र मुलुकका प्रमुख राजनीतिक दलहरु सबैसँग वार्ता र छलफल उहाँहरुकै पार्टी कार्यालयमा गएर गरेका छौं। शिर्ष नेता र प्रधानमन्त्रीबीच राष्ट्रपतिको उपस्थितिमा उच्च स्तरिय वार्ता भएको छ र सबै राजनीतिक दलले चुनावमा भाग लिन्छौं भन्नु भएको छ’, उनले भने।

त्यस्तै मन्त्री खरेलले १० लाख भन्दा बढि नयाँ मतदाता बढेको जानकारी दिए। निर्वाचन आयोगले तिव्र गतिमा आफ्नो काम अगाडि बढाउनुकासाथै सुरक्षा निकाय पनि उच्च मनोबलकासाथ सुरक्षा दिने कुरामा एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्दै अगाडि बढेको कारण निर्वाचन हुने निश्चित रहेको उनको भनाई छ।

–

Advertisement Banner
Previous Post

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

Next Post

सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति

Editorial Team

Editorial Team

Next Post
कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउनू -सर्वोच्च अदालत

सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति

Recommended

Prime Minister Sher Bahadur Deuba inspected the ‘International Airport Construction Site’ in Nijgadh

Prime Minister Sher Bahadur Deuba inspected the ‘International Airport Construction Site’ in Nijgadh

4 years ago
Security Tightened in Dhaka After Police Block March Towards Indian High Commission

Security Tightened in Dhaka After Police Block March Towards Indian High Commission

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.