काठमाडौं । कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्द बस्ने दावा दोर्जे लामा रहेका छन् ।दोर्जेले जबरजस्ती करणीको मुद्धामा कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ५ लाख ठगी गरेर फरार भएका थिए ।दोर्जेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बौद्बबाट पक्राउ गरेको हो ।पक्राउ परेका दोर्जेलाई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
Comments are closed.