पाँचौं पिम नेपाल फिल्म फेस्टिबल सुरु

काठमाडौँ । ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ बुधबारबाट सुरु भएको छ । जमल स्थित सांस्कृतिक संस्थानको हलमा तीन दिन चल्ने फेष्टिभलको नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सवले चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने बताए । उनले उद्घाटनपछि चलचित्र ‘प्रकाश’ पनि हेरे ।

महोत्सवको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको हो ।

सोही समारोहमा नृत्य निर्देशक दिनेश पाख्रिन, सञ्चारकर्मी तथा संगीतकार सुवास प्रधानलाई सम्बन्धित विधामा योगदान पुर्याएबापत सम्मान गरियो ।  नेपालमा सरकारी क्षेत्रका चलचित्र सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवहरु हुन नसकेको अवस्थामा आफुले यस्ता महोत्सव गरेर चलचित्र उधोगलाई प्रोत्साहन गरेको महोत्सब आयोजक संस्था पिम नेपालका अध्यक्ष एवम् चलचित्र निर्देशक माधवराज खरेलले बताए ।

Comments are closed.