रुसी सेनामा कार्यरत ६ नेपालीको ज्यान गयाे

काठमाडाैं । रुसी सेनामा भर्ना भएका ६ जना जना नेपालीको ज्यान गएकाे छ ।

अहिलेसम्म रुसी सेनामा भर्ना भएका ६ नेपालीको ज्यान गएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले साेमबार विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे ।

ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार-५ का पितम कार्की, दोलखाको मेलङ-६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका विज्ञप्तिमा उल्लेख छ ।

पितम, राजकुमार र गंगाराजको २०२३ नोभेम्बर १५ (कात्तिक २९ गते भाइटीका) मा निधन भएकाे रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई मंसिर ८ मा पठाएको पत्रमा उल्लेख थियाे ।

फेरि थप ३ जनाकाे पनि निधन भएकाे परराष्ट्र मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।

नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह समेत गरेको छ ।

रुस मात्र नभएर युद्धग्रस्त मुलुककाे सेनामा भर्ना नहुन पनि मन्त्रालयले आग्रह गरेकाे छ ।

Comments are closed.