आज भारतको ७५ औँ गणतन्त्र दिवस मनाइंदै

काठमाडौं । आज भारतको ७५ औँ गणतन्त्र दिवस, विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् १९५० मा आजकै दिन भारतलाई गणतन्त्र घोषणा गरिएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारतले सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो । गणतन्त्र दिवसको मूल कार्यक्रम फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको प्रमुख आतिथ्यतामा हुँदै छ ।

भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । भारतको संविधान सभाले १९४९ को नोभेम्बर २६ मा भारत सरकार ऐन, १९३५ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रमा प्रवेश गरेको थियो ।

 

Comments are closed.