Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता

Editorial Team by Editorial Team
December 7, 2025
in Nepal, News
0
मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ मा मानव अधिकार उल्लङ्घनसम्बन्धी १०५ नयाँ उजुरी दर्ता भएको जनाएको छ । आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमार्फत गत वर्षको समग्र कार्यसम्पादन विवरण सार्वजनिक गरेको हो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदन बुझाउँदै मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा आयोगले गत वर्ष गरेको अनुगमन, अनुसन्धान तथा सिफारिसका विषयमा जानकारी दिए ।
अनुसन्धानका क्रममा २२ पटक बैठक बसी ४९ वटा उजुरीगत सिफारिस र ८ वटा नीतिगत सिफारिस सरकारलाई गरिएको प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा १५० वटा उजुरीहरू तामेलीमा राखिएको छ भने दुई जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।
मानव अधिकार उल्लङ्घनका घटनामा पीडितलाई न्याय दिलाउने क्रममा आयोगले सात जना पीडित तथा पीडितका परिवारका नाममा ४७ लाख ७२ हजार ४८९ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ । यद्यपि, आयोगका सिफारिस कार्यान्वयनको अवस्था भने सन्तोषजनक देखिएको छैन । प्रतिवेदनअनुसार सिफारिस पूर्ण कार्यान्वयन भएको अवस्था १३.२९ प्रतिशत मात्र रहेको छ । आंशिक कार्यान्वयन ३४.१२ प्रतिशत र कार्यान्वयनको प्रक्रियामा ५२.६० प्रतिशत सिफारिसहरू रहेका छन् ।
आयोगले समीक्षा अवधिमा मानव अधिकारका विभिन्न विषयमा २२६ पटक अनुगमन गरेको जनाएको छ । जसमा नागरिक तथा राजनीतिक अधिकार अन्तर्गत कैदी बन्दीको अधिकार, न्याय प्रशासन, शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार लगायतका विषय समेटिएका छन् । त्यस्तै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत स्वास्थ्य, स्वच्छ वातावरण, उपभोक्ता अधिकार तथा विपद् प्रभावितको अधिकारका विषयमा पनि अनुगमन भएको छ । सीमान्तकृत वर्ग, ज्येष्ठ नागरिक, महिला, बालबालिका र जातीय विभेदका विषयलाई पनि आयोगले प्राथमिकतामा राखेको छ ।

Advertisement Banner
Previous Post

मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध

Next Post

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

Editorial Team

Editorial Team

Next Post
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

Recommended

Dr Shekhar Koirala vows to make efforts to unite Nepali Congress

Dr Shekhar Koirala vows to make efforts to unite Nepali Congress

1 month ago
प्रधानमन्त्री कार्कीले गरिन रारा भ्रमण, पछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

प्रधानमन्त्री कार्कीले गरिन रारा भ्रमण, पछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

2 months ago

Don't Miss

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

May 5, 2026
पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

May 5, 2026
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

May 5, 2026
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

May 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.