Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन

Editorial Team by Editorial Team
December 8, 2025
in Literary Festival & Event, Literature, Nepal, News
0
अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

जापान – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज”“अनेसास जापान च्याप्टर” को अध्यक्षमा आनन्द अधिकारी चयन हुनुभएको छ ।
टोक्योस्थित शिन-ओकुबोमा आइतबार सम्पन्न अनेसासको १४ औँ अधिवेशनले गजलकार अधिकारीलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
NRNA ICC का उपाध्यक्ष तथा व्यवसायी रोविन शेरचनको प्रमुख आतिथ्यता तथा नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरिहरकान्त पौडेलको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनले अनेसास जापानको उपाध्यक्षमा शरद पोखरेल, दीपा घिमिरे र संगीता कुँवरलाई चयन गरेको छ । त्यसैगरी संस्थाको महासचिवमा मनोज मौसम केसी तथा सचिवमा नारायण पोखरेल, विनिषा सापकोटा र यमलाल कँडेल नियुक्त हुनुभएको छ ।
अनेसास जापानका पूर्व अध्यक्ष दिनेशराज ज्ञवाली संयोजक तथा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेत सदस्य रहेको निर्वाचन समितिले संस्थाको कोषाध्यक्षमा सरोज घिमिरे र सह-कोषाध्यक्षमा सरिता चौधरीलाई चयन गरेको छ ।

यसैगरी, नवगठित १७ सदस्यीय कार्यसमितिको सदस्यमा सुविन न्यौपाने ‘कान्जीभाइ’, विश्वबन्धु भण्डारी, भगवती क्षेत्री, दीपकराज पौडेल, हरिविनोद अधिकारी, अप्सरा सुनार र लक्ष्मण भन्तना शिरीष रहनु भएको छ ।

विधान अनुसार थप दुई जना सदस्य अध्यक्षले नियुक्त गर्न पाउने प्रावधान रहेकाले ती दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका संयोजक ज्ञवालीले जानकारी गराउनु भयो । अमेरिकामा मुख्य कार्यालय रहेको अनेसासको जापान च्याप्टर सन् २००३ मा डा. कुमार बस्नेतको अध्यक्षतामा स्थापना भएको थियो ।

अर्घाखाँची स्थायी बसोबास रहेका अध्यक्ष अधिकारी विगत झन्डै दुई दशकदेखि विशेष गरी गजल लेखनमा सक्रिय हुनुहुन्छ । सन् २०१४ बाट अनेसासमा आवद्ध भएर काम गर्दै आउनुभएका उहाँले यसअघि अनेसास जापानको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
सन् २०१३ मा विद्यार्थी भिजामा जापान प्रवेश गर्नुभएका अध्यक्ष अधिकारी पछिल्लो ६ वर्षदेखि आइटी पर्सनको रुपमा कार्यरत हुनुहुन्छ ।

अनेसास जापानका निवर्तमान अध्यक्ष अरुण पौडेलको सभापतित्व तथा निवर्तमान महासचिव अनिल कुमार निर्दोषको सञ्चालन रहेको कार्यक्रममा सदस्य यमलाल कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

जापानमा रहेका अन्य विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि रोविन शेरचन, विशेष अतिथि हरिहरकान्त पौडेल, NRNA जापानका अध्यक्ष सुवास लामिछाने, दोलखा समाज जापानका अध्यक्ष सञ्जिव पोखरेल, गलकोट स्पोर्ट्स क्लब जापानका अध्यक्ष दुर्गाबहादुर खत्री, धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठ, पर्वत समाज जापानका अध्यक्ष राम बास्तोला, स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष समुन्द्रराज पौडेल, साहित्य चौतारी जापानकी अध्यक्ष सरिता ढकाल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र गोर्खाली, विश्व नेपाली साहित्य महासंघ जापानका अध्यक्ष रविन्द्र दिखुप्पा, अग्रज पत्रकार तिलक मल्ल, अनेसास जापानका पूर्व अध्यक्षहरु रविन शर्मा, गिरिराज गैरे, दीप पाठक, दिनेशराज ज्ञवाली, विष्णुप्रसाद घिमिरे, डा. कुमार बस्नेत, अनेसास पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास जापानका सल्लाहकार हारुहितो नोजु, व्यवसायी कामना भण्डारी, शिक्षा सेवी जिज्ञान कुमार थापा, समाजसेवी सुष्मा ओमाता लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले अनेसासले नेपाली साहित्यमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुका साथै आफू र आफू आवद्ध संस्था अनेसाससँग सहकार्य गरेर साहित्यिक गतिविधि गर्न इच्छुक रहेको बताउनु भयो ।

समापन समारोहलाई सम्बोधन गर्दै अनेसास जापानका निवर्तमान अध्यक्ष अरुण पौडेलले दुई वर्षका लागि आफूलाई दिइएको जिम्मेवारी इमानदारपूर्व पूरा गर्ने कोसिस गरेको बताउनु भयो । आफ्नो दुई वर्षे कार्यकालमा उल्लेख गर्न लायक १९ ओटा विभिन्न साहित्यिक गतिविधिहरु गर्न सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहे पनि भोलिका दिनमा अनेसासले गर्ने हरेक गतिविधिमा आफ्नो सक्रिय सहयोग रहने उहाँले विश्वास दिलाउनु भयो । कार्यक्रममा बोल्दै उहाँले जापानबाट तीन सय १० जनाले अनेसासको आजीवन सदस्यता लिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा अनेसास जापानका निवर्तमान महासचिव अनिल कुमार निर्दोषले संस्थाको गतिविधि र निवर्तमान कोषाध्यक्ष मञ्जु गिरी बनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच, सोही कार्यक्रमका अवसरमा अनेसास जापानको मुखपत्रको रुपमा प्रकाशित हुँदै आएको “साकुरा फुल्दा” को भाग ८ र अनेसास केन्द्रको मुखपत्रको रुपमा प्रकाशित हुने “अन्तर्दृष्टि” विमोचन गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा विमल कुमार तामाङद्वारा तयार पारिएको पुस्तक “जापानीज हिरागाना र काताकाना” तथा जापानीज लेखिका कानायो सुगियामाद्वारा जापानीज र नेपालीसहित ९ ओटा भाषामा नवजात शिशुका लागि तयार पारिएको पुस्तक समेत विमोचन गरिए

रहेर महत्त्वपूर्ण योगदान दिएकोमा सल्लाहकारद्वय हारुहितो नोजु र सविना रेग्मी सहित अन्य व्यक्तिहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

सोही अवसरमा अनेसास जापानको ७८ औँ रचना वाचन शृङ्खलामा सर्जकहरु विजय स्याङ्बो, प्रिजम न्यौपाने, हेमन्त गिरी, लक्ष्मण भन्तना शिरीष, बलराम उपाध्याय, गृष्मा पौडेल, स्मुथ बास्ताकोटी, रविन शर्मा, मनिषा सुवेदी, बैकुण्ठ भट्ट, लक्ष्मी पौडेल, सविना रेग्मी, विश्वबन्धु भण्डारी, शारदा पाण्डे, दीप पाठक, गिरिराज गैरे लगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

अनेसास केन्द्रद्वारा हजुरबा–हजुरआमा दिवस सम्पन्न

Next Post

Arundhati Roy in Kathmandu: Smiles and words exchanged along with autographs

Editorial Team

Editorial Team

Next Post
Arundhati Roy in Kathmandu: Smiles and words exchanged along with autographs

Arundhati Roy in Kathmandu: Smiles and words exchanged along with autographs

Recommended

US Ambassador to Bangladesh praises Bangladesh for its remarkable economic journey

US Ambassador to Bangladesh praises Bangladesh for its remarkable economic journey

4 years ago

10 Fat-Burning Moves That Will Help You Lose Weight

5 months ago

Don't Miss

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

March 4, 2026
Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

March 4, 2026
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank withdraws Rs 1 billion from banking system

March 4, 2026
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange enforces mandatory IT audits for brokers

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.