Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भिजिट भिषा प्रकरण : सहसचिव तीर्थराज भट्टराई सहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News
0
भिजिट भिषा प्रकरण : सहसचिव तीर्थराज भट्टराई सहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिषा प्रकरणमा विमानस्थल अध्यागमनका तत्कालिन प्रमुख सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सह सचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए।
आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहिबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेर शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेलसहित ७ जनालाई प्रतिवादी कायम गरेको छ । करिब ८० लाख रुपैयाँ भ्रष्टाचार भएको दावी अख्तियारको छ ।
अख्तियारले सहसचिव तीर्थराज भट्टराई विरुद्ध करिब ७९ लाख र अर्याल विरुद्ध ५ लाख विगो माग दावी गरेको छ ।
गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको थियो ।
भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको अनुसन्धानका क्रममा खुलेको आयोगको दावी छ ।
प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।
तर, एक वर्षपछि २०८१ मंसिर १४ गते काठमाडौ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा भिजिट भिषा प्रकरण बाहिरिएपछि भट्टराईलगायतका कर्मचारीहरु पक्राउ परेका थिए ।सोही काण्डमा तत्कालिन गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै रास्वपा र राप्रापाले ७० दिन भन्दा बढि संसद बैठक नै वहिस्कार गरेका थिए ।

Advertisement Banner
Previous Post

NRNA General Secretary Lama introduced a model of membership decentralization and transparency

Next Post

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

Editorial Team

Editorial Team

Next Post
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

Recommended

कवितासंग्रह ‘शार्दुल-सागर’  विमोचन

कवितासंग्रह ‘शार्दुल-सागर’ विमोचन

4 years ago
Ukraine: UNESCO statement following the adoption of the UN General Assembly resolution

Less than half of countries are implementing learning recovery strategies at scale to help children catch up

4 years ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.