काठमाडौमा दुई दिवसीय ‘कलिङ साहित्य महोत्सव काठमाडौँ’ सम्पन्न

असोज २९ गते सुरु भएको कलिङ्ग साहित्य महोत्सव काठमाडौँ सम्पन्न भएको छ । नेपाल र भारतका २०० भन्दा बढी कवि साहित्यकार, प्रकाशक, पत्रकार कलाकारहरुको अनुपम संयोग रहेको यो कार्यक्रममा विविध विषयमा ३२ भन्दा बढी सेसनहरु रहेका थिए । नेपाल बाट करिव २०० र भारतबाट ४० जनाकवि, साहित्यकार कलाकार हरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा छुट्टाछुट्टै सत्रमा नेपाली, हिन्दी, नेवारी मैथली, भोजपुरी, अंग्रजीभाषाका कवितावाचन, लघुकथा वाचन, गजलवाचन र यी विधाको वर्तमान अवस्थाबारे समीक्षा, छलफल, अन्तरक्रिया आदि गरिएको थियो ।

दुई दिनसम्म आयोजित उक्त महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपाल र भारतका साझा संस्कृति, धार्मिक मान्यता, सामाजिक जीवन, जनस्तरको सम्बन्धबारे विविधचर्चा गर्नुभयो । उक्त महोत्सवमा कलिङ काठमाडौँ यशस्वी साहित्य सम्मानको थालनी गरिएको छ । यशस्वी साहित्य सम्मानबाट शताव्दीपुरुष सत्यमोहनजोशी र भारतका वरिष्ठ साहित्यकार अशोक बाजपेयीलाई प्रदान गरियो । प्रत्येक वर्ष गरिने उक्त सम्मान भारतका एक वरिष्ठ कवि र नेपालका एक वरिष्ठ कविलाई प्रदान गरिने कुरा यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले बताउनु भयो । उक्त सम्मानको राशी जनही पचास हजार नेपाली रुपैँया र सरस्वतीको प्रतिमा रहेको छ ।


भारतबाट आउनुभएका वरिष्ठ कवि अशोक बाजपेयीले भारत र नेपाल देश बन्नुभन्दा पहिलेदेखि हिन्दी र नेपालीभाषा बोल्न थालिनु भन्दा पहिलेदेखि नेपाल र भारतबीच हार्दिक सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो ।
महोत्सवमा नेपाल र भारतमा विकसित साहित्यका नयाँ प्रवृत्तिबारे संवाद, नेपाल–भारत सम्बन्ध र कवि, लेखकहरूको भूमिका, नारी लेखन र शक्ति, नेपाल(भारतबीचको धार्मिक मान्यता र लेखन कार्यमा पनि छुट्टाछुट्टै सत्रमा विचार विमर्श गरिएको थियो ।
महोत्सवमा आधुनिक कला प्रदर्शन नाटक र दुवै देशका कला तथा साहित्यको समीक्षा गरिएको थियो । प्रत्येक वर्ष ‘कलिङ साहित्य महोत्सव काठमाडौँ’ नेपालमा गर्ने योजना रहेको कुरा ‘कलिङ साहित्य महोत्सव काठमाडौँ कि निर्देशक रञ्जना निरौलाले बताउनु भयो ।

 

Comments are closed.