आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट     

महोत्तरी, ३ कात्तिक

सस्सी गाउँपालिका-१ पर्सा बस्ने सिकिन्दर साहको युवराज एग्रो कृषि कुखुरा फर्ममा बुधबार राति आगलागी भई सो फर्म छेउमा रहेको घर, बिजुलीको मिटर, जेनेरेटर, काठपात लगायतका समानहरु समेत करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.