भन्सार छलि गरी ल्याएको सुन सहित पक्राउ

काठमाडौं, ५ कात्तिक

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका-९ स्थित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब २ सय ग्राम सहित रोल्पा सुनिल स्मृति गाउँपालिका-१ बस्ने ३५ बर्षीय हरि प्रसाद समेत ४ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इन्टर स्काइको उडानद्वारा कतार दोहाबाट अवुदावी हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका-९ स्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गेटबाट भन्साल छलि ल्याएको सुन करिब १ सय ५० ग्राम सहित महोत्तरी जलेश्वर नगरपालिका-७ का ३३ वर्षीय जमुना महतो समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ओमन मस्कटबाट सलाम एयरको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय बुझाइएको छ ।

Comments are closed.