Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News
0
आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को तयारीकै क्रममा मंगलबार अबूधाबीमा मिनी अक्सन सम्पन्न भयो ।
जहाँ १० टिमले १ सय ५६ खेलाडीका लागि बोली लगाउँदै कुल २ सय १५ दशमलव ४५ करोड भारतीय रूपैयाँ खर्चेर ७७ खेलाडी अनुबन्धित गरे । अक्सनमा चर्चित खेलाडीमाथि क्लबले प्रशस्त पैसा खर्च गर्नु स्वाभाविक नै हो । तर, आधारमूल्य निकै न्यून राखिएका युवा र अनक्याप्ड खेलाडी ठूलो मूल्यमा अनुबन्धित भएर सबैलाई आश्चर्यचकित पारे ।
२० वर्षीय प्रशान्त वीर, १९ वर्षीय कार्तिक शर्मा र २९ वर्षीय आकिब नबी डारले आफ्नो क्षमता, प्रतिभा र घरेलु प्रदर्शनका आधारमा ठूलो मूल्य पाए ।
पहिलो पटक अक्सनमा सामेल भएका अमेठीका २० वर्षीय प्रशान्त वीरलाई धेरैले अनसोल्ड हुने अनुमान गरेका थिए । किनभने लिलामीको छैटौं सेटका अधिकांश खेलाडी अनसोल्ड फर्किइसकेका थिए । तर जब लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सले ३० लाखको बेस प्राइसबाट बोली सुरू गरे, त्यहाँबाट चेन्नई सुपर किंग्स पनि प्रतिस्पर्धामा सामेल भयो ।
बोली क्रमशः चार करोडसम्म पुगेपछि मुम्बई बाहिरियो । यसपछि राजस्थान रोयल्स र चेन्नईको युद्धले प्रशान्तको मूल्य १४ करोड २० लाख भारतीय रूपैयाँसम्म पुग्यो । प्रशान्त वीरले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
उनले युपी टी-२० लिगमा १० खेलमा ३ सय २० रन बनाउनुका साथै ८ विकेट लिएका छन् । यू-२३ टूर्नामेन्टमा उनले युपी टिमलाई फाइनलसम्म पुर्याउने क्रममा ३ सय ७६ रन बनाउनुका साथै १८ विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए । हाते स्पिनर प्रशान्तलाई चेन्नईले रविन्द्र जडेजाको प्रतिस्थापनको रूपमा टिममा सामेल गरेको हो । गत सिजन निकै संघर्ष गरेको चेन्नाइबाट प्रशान्तको प्रर्दशन कस्तो होला हेर्न रोचक हुनेछ ।
१९ वर्षीय विकेटकिपर क्याटर कार्तिक शर्मा लामो छक्का प्रहार गर्न माहिर छन् । तल्लो क्रममा विस्फोटक ब्याटिङ गर्न सक्ने क्षमताका कारण उनी राजस्थानको सिक्स हिटिंग मसीन’का रूपमा समेत परिचित छन् । इंग्ल्यान्डका केभिन पीटरसन र भारतीय स्पिनर रविचन्द्रन अश्विनले पनि उनको क्षमताको प्रशंसा गरिसकेका छन् ।
३० लाखको बेस प्राइसबाट मुम्बईले बोली सुरू गरेपछि लखनऊ, कोलकाता र चेन्नई पनि प्रतिस्पर्धामा सामेल भए । बोली १४ दशमलव २० करोडमा पुगेपछि चेन्नईले उनलाई आफ्नो पक्षमा पर्यो । मुसताक अली ट्रफीमा उनले राजस्थानलाई ७ मध्ये ६ खेल जिताउँदै नकआउट चरणमा स्थान बनाउन महत्वपूर्ण योगदान दिएका थिए । यस क्रममा उनले ५ खेलमा ११ छक्कासहित १ सय ३३ रन बनाएका थिए । उनले हालसम्म १२ टी-२० खेलमा ३ सय ३४ रन बनाउँदा २८ छक्का प्रहार गरेका छन् ।
बललाई दुबै दिशामा स्विङ्ग गराउन माहिर जम्मू-कश्मीरका फास्ट बलर आकिब नबी डार पावरप्लेदेखि डेथ ओभरसम्म विपक्षीलाई दबाबमा राख्ने क्षमता राख्छन् । ३० लाखको बेस प्राइसमा उनका लागि दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा चलेको थियो ।
बेंगलोर र हैदरावादले पनी उनलाई टिममा सामेल गर्ने प्रयास गरेका थिए । तर अन्त्यमा दिल्लीले उनलाई ८ करोड ४० लाखमा आफ्नो टिमको हिस्सा बनायो । मुश्ताक अली ट्रफीमा उनले ७ खेलमा १५ विकेट लिएका छन् । रणजी ट्रफीको आधा सिजनसम्म उनी दोस्रो सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले ५ इनिङ्समा २९ विकेट लिएका छन् । जहाँ उनले ३ पटक फाइफ विकेट हलसमेत पुरा गरेका छन् ।
मध्य प्रदेशका लेफ्ट आर्म पेसर मंगेश यादव बललाई दुबै दिशामा स्विंग गराउन र सटिक योर्कर फ्याल्न सक्षम छन् । उनी पावरप्लेदेखि डेथ ओभरसम्म प्रभावशाली प्रदर्शन गर्न सक्छन् र आवश्यक पर्दा ब्याटिङममा पनि गर्न सक्छन् ।
अक्शनको अन्तिम राउन्डमा ३० लाखको बेस प्राइसमा उनको बोलीलाग्दा आरसीबी र एस आरएचबीच प्रतिस्पर्धा चलेको थियो । अन्तत: आरसीबीले उनलाई ५ दशमलव २० करोडमा मंगेशलाई आफ्नो टोलीमा सामेल गर्यो । सैयद मुश्ताक अली ट्रफीमा उनले दुई खेल खेलेका छन्, जहाँ उनले २८ रन बनाउँदा तीन विकेट लिएका छन् । मध्य प्रदेश टी-२० लिगमा ६ खेलमा उनले १६ विकेट लिएका थिए।

Advertisement Banner
Previous Post

जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छ : प्रधानमन्त्री कार्की

Next Post

आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी

Editorial Team

Editorial Team

Next Post
आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी

आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी

Recommended

India: PM Narendra Modi unveils 108 ft statue of Hanuman ji in Morbi, Gujarat

India: PM Narendra Modi unveils 108 ft statue of Hanuman ji in Morbi, Gujarat

4 years ago
Hetauda Cement Industry shuts down due to raw material shortage

Hetauda Cement Industry shuts down due to raw material shortage

7 days ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.