कपिलवस्तु, १३ कात्तिक
शिवराज नगरपालिका-११ थुनिया प्रगतिटोल बस्ने ५३ वर्षीय गुमान सिङ कार्कीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै गाई फर्ममा मेसिनमा मोटर जोडी घाँस काट्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.