Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

कुमारीको ‘तिमी बिना’ सार्वजनिक

Editorial Team by Editorial Team
December 19, 2025
in Entertainment, Nepal, News
0
0
SHARES
9.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ। अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको रहेको छ।

गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ। युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ। यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल …’को सफलतापछि नयाँ गीतप्रति पनि दर्शकले उत्तिकै चासो दिने अपेक्षा गरिएको छ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक चलचित्रबाट चिनिएका निर्देशक दिनेश राउत निर्देशित यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। चलचित्रमा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।
पछिल्ला वर्षमा ‘प्रसाद’, प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि राउत ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्।
कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।

Advertisement Banner
Previous Post

पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य

Next Post

नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

Editorial Team

Editorial Team

Next Post
नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

Recommended

आज पौष कृष्ण औंशी: विभिन्न स्थानमा पितृ श्राद्ध गरिँदै

आज पौष कृष्ण औंशी: विभिन्न स्थानमा पितृ श्राद्ध गरिँदै

8 months ago
First batch of 5300 Monkeypox vaccine doses delivered to Spain by the European Commission

First batch of 5300 Monkeypox vaccine doses delivered to Spain by the European Commission

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.