Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

 एमाले कोसीले गर्‍यो सरकारविरुद्धआन्दोलन घोषणा

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News, Politics
0
 एमाले कोसीले गर्‍यो सरकारविरुद्धआन्दोलन घोषणा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर- नेकपा (एमाले) कोसी प्रदेश कमिटीले वर्तमान सरकारका कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । मंगलबार (पुस ८) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश कमिटीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले भने, “असंवैधानिक सरकारले गरेका निर्णय र कार्य हामीलाई मान्य छैनन् ।”
प्रदेश अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साध्ने उद्देश्य राखेको आरोप लगाइएको छ । त्यसविरुद्ध कोसीका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जनाइएको छ ।
पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको छ । विज्ञप्तिमा भनिएको छ, “देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिन खोज्दै मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ ।”
लोकतन्त्र र संविधानको रक्षाका निम्ति प्रतिनिधिसभा पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग एमालेले दोहोर्‍याएको छ ।
कोसीका सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, सद्भाव र्‍याली र विभिन्न प्रकारका विरोध कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको छ । सरकारले गर्ने कुनै पनि प्रतिशोधपूर्ण व्यवहार, धरपकड वा अनुचित कार्य सहन नहुने चेतावनी दिँदै कडा प्रतिवाद गरिने स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “असंवैधानिक सरकारबाट गरिने कुनै पनि प्रतिगमनकारी कदम र षड्यन्त्रविरुद्ध नेकपा (एमाले) कोसी प्रदेश कमिटी आजैदेखि प्रतिकारमा उत्रनेछ ।”
लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानव अधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा युवा, विद्यार्थीलाई ऐक्यबद्धता जनाउन र आन्दोलनमा सहभागी हुन कमिटीले अपिल पनि गरेको छ ।

Advertisement Banner
Previous Post

पाकिस्तानको पीआईए एयरलाइन्सआज लिलाम हुँदै

Next Post

‘बा-आमा’ लिएर आए शिशिर याेगी

Editorial Team

Editorial Team

Next Post

‘बा-आमा’ लिएर आए शिशिर याेगी

Recommended

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

4 years ago
Asia-Pacific nations on accelerated push for rural digitalization to achieve SDGs

Asia-Pacific nations on accelerated push for rural digitalization to achieve SDGs

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.