Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव

Editorial Team by Editorial Team
December 24, 2025
in News, World
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -बंगलादेशमा १२ डिसेम्बरमा इन्कलाब मञ्चका विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या भएको छ ।
उक्त घटनापछि छिमेकी भारत र बंगलादेशबीच तनाव बढेको छ । हादी हत्या प्रकरणलाई लिएर बंगलादेश र भारतबीच आरोप–प्रत्यारोप चलिरहेको छ । यसले दुई देशको सुरक्षा अवस्थाप्रति समेत चिन्ता व्यक्त हुन थालेको छ ।
बंगलादेशले भारतमा रहेका आफ्ना नियोगहरूबाट थुप्रै कर्मचारी फिर्ता बोलाइसकेको छ भने केही नियोग बन्द नै गराएको छ । भारतले पनि बंगलादेशमा रहेका आफ्ना केही नियोग बन्द गरेर कर्मचारी कटौती गरेको समाचार भारतीय मिडियाले सार्वजनिक गरिरहेका छन् ।
भारतले बंगलादेशमा रहेका अल्पसंख्यकहरूमाथि भएको आक्रमणप्रति बारम्बार चिन्ता व्यक्त गरेपनि बंगलादेशले यो आन्तरिक विषय भएको बताउँदै आएको छ ।

द डेली स्टारका अनुसार बंगलादेशमा रहेको भारतीय भिसा आवेदन केन्द्रले पछिल्लो परिस्थितिलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि कामकाज स्थगित गरेको छ । नयाँ दिल्लीस्थित बंगलादेशी उच्च आयोग नजिकै भएको प्रदर्शनलाई लिएर बंगलादेश सरकारले आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले भने त्यसको खण्डन गरेको छ । बंगलादेशमा युवाहरूको एक समूहले गार्मेन्टका कामदार दीपुचन्द्र दासको हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको थियो । त्यसपछि भारतले बंगलादेशमा रहेका अल्पसंख्यकहरूको सुरक्षाको माग गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले उक्त घटनालाई लिएर बंगलादेशी मिडियाले भ्रामक प्रचार गरेको टिप्पणी गरेका छन् । भारतको तर्फबाट सुरक्षा स्थिति बिगार्ने काम कहिल्यै नभएको दाबी पनि उनले गरेका छन् ।
बंगलादेशको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सल्लाहकार तौहिद हुसेनले बंगलादेशी उच्च आयोग रहेको सुरक्षित कूटनीतिक क्षेत्रमा प्रदर्शनकारीहरूलाई प्रवेश गर्दा भारतीय पक्षले नरोकेको दाबी गरेका छन् ।
उनले भने, “हाम्रो नियोग, कूटनीतिक क्षेत्रको निकै भित्र छन्, त्यहाँ हतपत प्रदर्शनकारी जानै सक्दैनन् । त्यहाँ हिन्दु कट्टरपन्थी संगठनका २५ वा ३० जनाको समूह कसरी भित्र प्रवेश गरे ?”
सल्लाहकार हुसेनले थपे, “एक बंगलादेशी नागरिकको निर्मम हत्या भएको छ, यसलाई यहाँको अल्पसंख्यक सुरक्षा मुद्दासँग जोड्नुको कुनै औचित्य छैन । बंगलादेशी अधिकारीहरूले यसमा तत्काल कारबाही अघि बढाएका छन् ।”
इन्कलाब मञ्चका सरिफ उस्मान हादीलाई गोली प्रहार गर्ने व्यक्ति भारत भागेको बंगलादेशले दाबी गरेको छ । १४ डिसेम्बरमा बंगलादेशको विदेश मन्त्रालयले त्यहाँ रहेका भारतीय उच्चायुक्त प्रणय वर्मालाई बोलाएर भारतमा रहेका अवामी लिगका सदस्यहरूद्वारा बंगलादेशविरुद्ध भइरहेका गतिविधिप्रति ध्यानाकर्षण गराएको थियो ।
मन्त्रालयले हादीको हत्यामा संलग्न व्यक्तिहरु भारतीय भूमि प्रवेश गरेका भए तत्काल पक्राउ गरी सुपुर्दगी गर्न आग्रह गरेको छ । तर भारतले बंगलादेशको दाबी अस्वीकार गरेको छ । भारतले बंगलादेशविरुद्ध आफ्नो भूमि कहिल्यै प्रयोग हुन नदिने जनाएको छ । भारतले यस्तो भने पनि बंगलादेश आश्वस्त हुन सकेको छैन ।

Advertisement Banner
Previous Post

निर्वाचन सुरक्षा योजना तयार

Next Post

लिबियाली सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु

Editorial Team

Editorial Team

Next Post

लिबियाली सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु

Recommended

Swarnim Wagle to contest from Tanahun-1

RSP Vice Chairperson Dr Swarnim Wagle asserts his party has pursued issue of change

2 months ago
Russian President Vladimir Putin signed a decree on retaliatory economic sanctions in response to the “unfriendly actions of certain foreign states  

Russian President Vladimir Putin signed a decree on retaliatory economic sanctions in response to the “unfriendly actions of certain foreign states  

4 years ago

Don't Miss

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Government Employees to Be Paid Twice a Month

April 20, 2026
सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो

Nepali Congress President Gagan Thapa, Khadka Hold Talks on Strengthening Party Unity

April 20, 2026
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Nepal to regulate private sector and NGOs to curb corruption

April 20, 2026
कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

April 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.