Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

उपसभामुख इन्दिरा रानाको राजीनामा

Editorial Team by Editorial Team
December 29, 2025
in Nepal, News
0
उपसभामुख इन्दिरा रानाको राजीनामा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– पदावधि बाँकी रहँदै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुभएको छ ।सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेका पनि आइतबार उहाँले स्वेच्छाले राजीनामा दिनुभएको हो । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेको छ ।
विगतको अभ्याससमेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गर्नुभएको जनाइएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार गत निर्वाचनका समयमा सभामुख रहनुभएका अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदाइ लिनुभएको थियो । सोही अभ्यासअनुसार वर्तमान सभामुखले काम गर्नसक्ने उहाँले बताउनुभयो ।
नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्थाको उपदफा ६ (क)मा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।

Advertisement Banner
Previous Post

निर्वाचन आचारसंहिता स्वीकृत माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी

Next Post

तीन राजनीतिक दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

Editorial Team

Editorial Team

Next Post
६ राजनीतिक दल खारेज

तीन राजनीतिक दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

Recommended

New, improved Dragonfly telescope is a galactic gas detector

New, improved Dragonfly telescope is a galactic gas detector

4 years ago
Amid the war in Ukraine, Europe and Central Asia discuss ways of ensuring food security and transforming agrifood systems

Amid the war in Ukraine, Europe and Central Asia discuss ways of ensuring food security and transforming agrifood systems

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.