Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

११ महिनामा त्रिभुवन विमानस्थलमा ७८ लाख १७ हजार यात्रु

Editorial Team by Editorial Team
December 29, 2025
in Nepal, News
0
११ महिनामा त्रिभुवन विमानस्थलमा ७८ लाख १७ हजार यात्रु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यस वर्ष जनवरी–नोभेम्बर २०२५ (११ महिनामा) ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् । यीमध्ये अन्तर्राष्ट्रिय उडानमा ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिक उडानमा ३७ लाख १८ हजार ८ सय यात्रुले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणका अनुसार, काठमाडौं विमानस्थलबाट विदेश जाने यात्रु संख्या २० लाख ९४ हजार ८ सय ७७ र विदेशबाट नेपाल आउने यात्रु २० लाख ३ हजार ६ सय ७२ रहेको छ ।
आन्तरिक उडानमा, काठमाडौं छाडेका यात्रु संख्या १९ लाख ३६ हजार ४ सय २६ र अन्य आन्तरिक विमानस्थलबाट काठमाडौं आएका यात्रु १७ लाख ८२ हजार ३ सय ७४ रहेको छ ।
नोभेम्बरसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय उडानका जहाज १४ हजार १ सय २५ पटक अवतरण र १४ हजार १ सय २६ पटक उडान भरेका छन् । आन्तरिक उडानमा ४२ हजार २ सय ६४ पटक अवतरण र ४२ हजार २ सय ७८ पटक उडान भइसकेको प्राधिकरणले जनाएको छ ।
कार्गो ओसारपसारमा, अन्तर्राष्ट्रिय उडानमार्फत २ करोड २५ लाख १० हजार २ सय २ किलो सामान, र आन्तरिक उडानमार्फत ३० लाख ३० हजार ८ सय ८ किलो सामान ओसारपसार भएको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय व्यापारको मुख्य हवाई बिन्दुमध्ये एक हो ।

त्रिभुवन विमानस्थलमा यात्रु संख्या
अन्तर्राष्ट्रिय: ४०,९८,५४९, आगमन: २०,०३,६७२, प्रस्थान: २०,९४,८७७, आन्तरिक: ३७,१८,८००, आगमन: १७,८२,३७४, प्रस्थान: १९,३६,४२६, सन् २०२४ मा त्रिभुवन विमानस्थलले रेकर्ड संख्यामा ९४,२३,७२५ यात्रु व्यवस्थापन गरेको थियो भने सन् २०२३ मा ८६,५४,००० यात्रु व्यवस्थापन गरिएको थियो ।
प्राधिकरणका अनुसार, विमानस्थलको क्षमता वार्षिक ८० लाख हाराहारी छ, तर हाल यसले क्षमताभन्दा बढी यात्रु व्यवस्थापन गरिरहेको छ ।यात्रु चाप काठमाडौंमा केन्द्रित हुँदा अन्य दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चाप कम छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ११ महिनामा १३,४३२ अन्तर्राष्ट्रिय यात्रु (प्रस्थान: ७,१७७, आगमन: ६,३२५), आन्तरिक यात्रु आगमन ३,४१,४६३ र प्रस्थान ३,३३,८७१ ।
पोखरा विमानस्थल: ११ महिनामा कुल ७,९८,७९१ यात्रु, आगमन ३,८३,७५७ र प्रस्थान ४,१५,०३४ ।

Advertisement Banner
Previous Post

रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

Next Post

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा

Editorial Team

Editorial Team

Next Post
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा

Recommended

Nepal is determined to increase investment in its population to make them healthy & productive to achieve the Agenda 2030

Nepal is determined to increase investment in its population to make them healthy & productive to achieve the Agenda 2030

4 years ago
Nepal Govt deploys helicopter to control forest fire on outskirts of Kathmandu

Nepal Govt deploys helicopter to control forest fire on outskirts of Kathmandu

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.