Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

साहित्यिक पत्रकार संघले मनायो कथा दिवस

himalaya Diary News Service by himalaya Diary News Service
April 3, 2022
in Feature, Literature, Nepal
0
साहित्यिक पत्रकार संघले मनायो कथा दिवस
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं, चैत २०, साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन गरिएको छ । संघले २०३८ सालदेखि कथा दिवस मनाउदै आएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य माया ठकुरीले प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र सहयोग गर्नेहरूलाई बिर्सन नहुने बताउनुभयो ।

सो अवसरमा कथाकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल, राधा कार्की, निर्मल पराजुली, मौनता थापा र श्रीराम राईले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा गुरुप्रसाद मैनाली र नेपाली कथासाहित्यबारे भएको संवाद कार्यक्रममा वक्ताहरूले मैनालीको योगदानको स्मरण गर्नुभएको थियो ।

संवाद कार्यक्रममा समालोचक प्रमोद प्रधानले मैनालीको नेपाली कथासाहित्यमा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको बताउँदै विषयवस्तु, संरचना, शैली र भाषा सबै दृष्टिले उनी नेपाली कथाका पहिलो आधुनिक कथाकार भएको चर्चा गर्नुभयो ।

कथाकार गोविन्द गिरी प्रेरणाले मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गर्नुभयो ।
कथाकार बाबा बस्नेतले मैनालीका कथाका नारी पात्रहरूमा विद्रोह चेतना नभएर पलायन प्रवृत्ति रहेको बताउनुभयो ।

समालोचक उपमा आचार्यले मैनालीका कथाहरू नेपाली साहित्यका मानक कथा भएको धारणा राख्नुभयो । संवाद कार्यक्रमका सहजकर्ता साहित्यकार डा. दामोदर पुडासैनी किशोरले मैनालीको योगदानलाई कसैले पनि बिर्सन नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा अमेरिकाबाट आउनुभएको साहित्यकार मीना शाक्यलाई सम्मान पनि गरिएको थियो ।

मुरारी सिग्देलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा थाहा पुस्तकालयका उपाध्यक्ष शिव अधिकारी, स्व. मैनालीको कान्छी बुहारी भारती मैनाली, विमल भौकाजी, डा. सृजना शर्मा, उषा केसी, कमला शाक्य, पारू तिमिल्सिना, मुना बोहरा, मधुसूदनप्रसाद घिमिरे, हेमा शर्मा लगायतको उपस्थिति थियो ।

Advertisement Banner
Previous Post

Temple 360 is digital platform where anyone can visit or do darshan of 12 Jyotirlinga and Char Dham from any location : Smt. Meenakashi Lekhi

Next Post

साहित्यकार लक्ष्मी उप्रेतीको एकल कविता वाचन कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
साहित्यकार लक्ष्मी उप्रेतीको एकल कविता वाचन कार्यक्रम सम्पन्न

साहित्यकार लक्ष्मी उप्रेतीको एकल कविता वाचन कार्यक्रम सम्पन्न

Recommended

Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal launches five-year roadmap to modernize financial sector

3 months ago
Nepal’s Narcotics Control Bureau nabs 7 foreign nationals with 51kg heroin

Nepal’s Narcotics Control Bureau nabs 7 foreign nationals with 51kg heroin

4 years ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.