Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

Editorial Team by Editorial Team
January 2, 2026
in Nepal, News
0
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर –नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन। महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ। भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन्।
दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि पानी छाडिए पनि नियमित छाड्नेबारे भारती पक्षले वास्ता गरेको छैन। यता महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर बनिसकेको क्षेत्रसम्म केही शाखा नहरसमेत तयार भइसकेकाले पानी माग गर्दै आएको छ।
राष्ट्रिय गौरवको आयोजना तेस्रो चरणको भौतिक प्रगति दिनप्रदिदिन बढिरेहको भए पनि नहरमा पानी बग्ने विषय भने अझै अन्याेल जस्तै छ। कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशत छ। नौ अर्ब लगानी भइसकेको छ।
आयोजनाको अनुसार निर्माण कम्पनीसँग एक अर्ब ९७ करोडको सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा निर्माण भइरहेको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका इञ्जीनीयर राजेश पोखरेले सिँचाइका लागि पानी ल्याउन पटक–पटक विभाग मन्त्रालय हुँदै पत्राचार गरिएको बताए।
“हामीले भारतीय एनएचपी सीसित समन्वय गर्दा माथिल्लो निकायबाट आदेश आए पानी छोड्ने सबै संरचना तयार रहेको खबर दिन्छ।” इञ्जीनीयर पोखरेलले भने“यहाँबाट पनि ताकेता भएको छ। तर माथिल्लोस्तरबाटै यस विषयमा पहल हुनुपर्छ।”
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले केन्द्र सरकारले नै महाकाली सिँचाइको काम समयमा सम्पन्न गरेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउन गम्भीर हुनुपर्नेमा जोड दिए।“महाकाली सिँचाइको मूल नहरमा पानी कहिले बग्ने भन्ने विषयमा टुङ्गो नै छैन,” उनले भने, “सिँचाइ सुविधाका लागि प्रदेश र स्थानीय सरकारले भूमिगत सिँचाइमा जोड दिइरहनुपर्ने अवस्था छ।”
उनले आफू प्रदेशमन्त्री हुँदा महाकाली सिँचाइ आयोजनाले भूमिगत सिँचाइको बजेट रोक्न प्रदेश सरकारलाई पत्राचारसमेत गरेको बताए।“आयोजना समयमा हुनसकेन भने विकल्पका रुपमा अन्य उपाय गर्न पर्‍यो।” उनले भने–“ गौरवको आयोजना भनेर मात्रै भएन। सिँचाइ सुविधा पुर्‍याउन केन्द्रबाट पहल हुनुपर्‍यो।
त्यसैगरी महेन्द्रनगरका समाजसेवी लीलाध्वज बस्नेतले सन्धि गर्दाको हतारोका कारण अहिले मूल नहरमा पानी ल्याउन नसकिएको बताए।
“बिना अध्ययन सन्धि गर्दा हामीले अर्बौ लगानी गरे पनि मूलनहरमा पानी नबग्ने अवस्था आयो।” बस्नेतले भने–“ यो विषयमा केन्द्रीय सरकारले पहल गर्नुपर्छ।” सन्धिले महाकाली नदीको पानीको उपयोग सम्बन्धमा पक्षहरूको दायित्व, अधिकार एवं कर्तव्यलाई परिभाषित गरेको छ। कञ्चनपुर र कैलालीको मालाखेतीसम्म सिँचाइ पुर्‍याउने लक्ष्यसहित तेस्रो चरणको निर्माण थालिए पनि यहाँका किसान भने लामो समयदेखि भूमिगत सिँचाइ र आकोश पानीका भरमाखेती गर्दै आएका छन्।
“सिँचाइको मूल नहर घर आँगनमै पुगेपनि पानी कहिले पुग्ने भन्ने टुङ्गो नै छैन्।” यहाँको बेदकोट नगरपालिकाका किसान भीम चौधरीले भने,“सिँचाइ सुविधा आउने आशामा वर्षांै बित्यो तर अझै आउने सुरसार छैन।” नेपाल–भारतबीच महाकाली सन्धि २०५२ सालमा भएको थियो।

Advertisement Banner
Previous Post

कांग्रेस महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि बोलाइयो कार्यसम्पादन समिति बैठक

Next Post

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

Editorial Team

Editorial Team

Next Post
सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

Recommended

Amitabh Bachchan Rocks ‘Nach Punjabaan’ Hook Step In Latest Insta Pic

Amitabh Bachchan Rocks ‘Nach Punjabaan’ Hook Step In Latest Insta Pic

4 years ago
Lumbini Lions defeated Chitwan Rhinos by six wickets in their Nepal Premier League (NPL)

Lumbini Lions defeated Chitwan Rhinos by six wickets in their Nepal Premier League (NPL)

3 months ago

Don't Miss

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

March 4, 2026
Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

March 4, 2026
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank withdraws Rs 1 billion from banking system

March 4, 2026
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange enforces mandatory IT audits for brokers

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.