Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताए

Editorial Team by Editorial Team
January 2, 2026
in Nepal, News, Politics
0
विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताए
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताएका छन्।
शुक्रबार अनामनगरस्थित पत्रकार सम्मेलन गरी उनीहरूले पुस २७ र २८ विशेष महाधिवेशनको माग गरेका हुन्। शुक्रबार पत्रकार सम्मेलन गरेर नेता सुवास पोखरेलले अब अरू विकल्प नभएकाले विशेष महाधिवेशनमा जानुपर्ने बताए।
काठमाडौँ
‘हामीलाई विश्वास छ- पुस २७-२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पुरा गर्नेछ,’ उनले भने, ‘हामी स्पष्ट गर्न चाहान्छौं-यो माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गरी नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, एकता र दिशासहित अघि बढाउन पार्टी नेतृत्वसमक्ष विनम्रतापूर्वक अनुरोध पनि गर्दछौं।’
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ मा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए।
नियमित महाधिवेशन गर्ने आश्वासनपछि विशेष महाधिवेशन पक्षधरहरू रोकिएका थिए। तर बिहीबारदेखि फेरि विशेष महाधिवेशन गर्नेतर्फ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागि परेका छन्।
‘हामीले कार्यतालिका सार्वजनिक हुँदै स्पष्ट चेतावनी दिएका थियौं’ घोषित समयमा महाधिवेशन नगरी मिति सार्ने कुनै सुविधा हुने छैन। यस्तो अवस्थामा असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहने छ र सोको कार्यान्वयन गर्नु पार्टीको अनिवार्य कर्तव्य बन्नेछ,’ पोखरेलले भने।

उनले अब विशेष महाधिवेशन छनोटको विषय नरहेको पनि बताए।
‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। यो कसैको छनोटको विषय होइन, रहेन,’ उनले भने, ‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ? अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन। विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो।’

Advertisement Banner
Previous Post

उत्तम भट्टराईको ‘समय’ बजारमा

Next Post

स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

Editorial Team

Editorial Team

Next Post
स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

Recommended

Building Capacities of Youth to Promote Social Cohesion in Nepal

Building Capacities of Youth to Promote Social Cohesion in Nepal

4 years ago
The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

4 months ago

Don't Miss

RSP Chairperson Rabi Lamichhane hospitalised after leg injury

Rabi Lamichhane expressed confidence that the “flight” being carried out by the government under his RSP leadership will safely reach its intended destination

August 8, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal-Oman agreement to promote Nepali products and services in Oman

August 8, 2026
Nepali Congress general convention to be held on schedule: Pradip Paudel

Nepali Congress general convention to be held on schedule: Pradip Paudel

August 8, 2026
Seven parties form new ‘Progressive Front’ in Nepal

Seven parties form new ‘Progressive Front’ in Nepal

August 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.