Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

२५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्दै नेपालय

Editorial Team by Editorial Team
January 2, 2026
in Literature, Nepal, News
0
२५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्दै नेपालय
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- पब्लिकेसन नेपालयले २५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्ने भएको छ । २५ कथाकार, २५ कवि र २५ निबन्धकारका रचना विधागत रूपमा तीन पुस्तकमा समेटेर प्रकाशन गर्न लागिएको हो ।
नेपालयले सन् २०२५ को पहिलो दिन जनवरी १ मा ‘२०२५ मा २५ का २५’ शीर्षकमा लेख–रचनाका लागि खुला आह्वान गरेको थियो । सो आह्वानमा अपेक्षाभन्दा धेरै रचना प्राप्त भएको नेपालयले जनाएको छ । नेपालयका सम्पादक विमल आचार्यका अनुसार कथा, कविता र निबन्ध गरी तीन विधामा रचना माग गरिएको थियो । “सन् २००० जनवरी १ पछि जन्मिएका ६ सयभन्दा बढी लेखक संसारभरिबाट सहभागी हुनुभयो,” उनले भने ।
तीन विधाका रचना छनोट गर्न कवि श्रवण मुकारुङ, आख्यानकार नारायण वाग्ले र लेखक भूषिता वशिष्ठ सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । समितिले ७५ रचना छनोट गरेको हो ।
कथा विधामा अजय कार्की, अनिता धिताल, अमित भट्टराई, आर्य अधिकारी, ईशान ढकाल, उमेश कार्की, कृतिशा अमात्य, तेजकुमार राई, दानबहादुर बुढा, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, नुमा थाम्सुहाङ, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मधुसुदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेल छानिएका छन् ।
छनोट समिति सदस्य नारायण वाग्लेले नयाँ पुस्ताको कथा शैली र शिल्पले आफूलाई चकित पारेको बताए । “केही कथाले नयाँ युगबोध गराउँछन्, केहीले स्थानीयताको महक दिन्छन्,” उनले भने, “यी कथामा जेनजीको आख्यान–आन्दोलनको आभास पाइन्छ ।”
कविता विधामा अनिता तिवारी, अनुपा गैरे, आर्या निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीन नेपाली, नारन न्यौपाने, प्रज्वल वि.क., प्रदीप योङ्हाङ, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरङ्गा सेढाई र स्पन्दन झा छानिएका छन् ।
कवि श्रवण मुकारुङका अनुसार यी कविहरूले नयाँ समय–चेतनालाई नयाँ दृष्टिकोणबाट अभिव्यक्त गरेका छन् । “यी कवितामा निजात्मक अनुभूतिसँगै आजको समाज, देश र मानिसको व्यथा सशक्त रूपमा आएको छ,” उनले भने ।
निबन्ध विधामा अनुकृत लामिछाने, अनुष्का लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कबिन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धिरजप्रताप मल्ल ठकुरी, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन् ।
निर्णायक सदस्य भूषिता वशिष्ठले नयाँ पुस्ताको विषयवस्तु, शैली र साहित्यिक चेतना उत्साहजनक रहेको बताइन् ।
नेपालयले भाषा अभिव्यक्तिमा बन्देज नलगाउने नीति लिएको जनाएको छ । त्यसअनुसार जुनसुकै भाषामा लेखिएका रचना लेखकले लेखेकै भाषामा पुस्तकमा समेटिनेछन् ।
नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले नयाँ पुस्ताको सोच, चाहना र सिर्जनालाई बुझ्न यो पहल गरिएको बताए । छानिएका रचना समेटेर पब्लिकेसन नेपालयले विधागत रूपमा तीन पुस्तक प्रकाशन गर्ने जनाएको छ ।

Advertisement Banner
Previous Post

स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

Next Post

More than 1.1 million foreign visitors arrived Nepal in 2025

Editorial Team

Editorial Team

Next Post
Over 700 climbers from 70 countries get nod to climb Nepal mountains

More than 1.1 million foreign visitors arrived Nepal in 2025

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange index drops 10 points on Sunday trading

8 months ago
JICA commences five years Project on Climate Change Adaptation through Sustainable Forest Management in Nepal

JICA commences five years Project on Climate Change Adaptation through Sustainable Forest Management in Nepal

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.