Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

‘छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न’ विषयक विचार गोष्ठी सम्पन्न

Editorial Team by Editorial Team
January 4, 2026
in Literature, Nepal, News
0
‘छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न’ विषयक विचार गोष्ठी सम्पन्न
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बुटवल —छन्दवादी समाज नेपाल, केन्द्रीय कार्यालय रूपन्देहीको आयोजनामा “छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न” विषयक साहित्यिक विचार गोष्ठी बुटवलस्थित एसियन पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञवाली प्रमुख अतिथि तथा वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले छन्द साहित्यको ऐतिहासिक पृष्ठभूमि, यसको मानवीय संवेदना र समकालीन साहित्यमा छन्दको आवश्यकतामाथि विस्तृत चर्चा गर्नुभयो। उहाँले छन्द केवल संरचनागत बन्धन नभई मानवीय अनुभूति, विचार र सौन्दर्य अभिव्यक्तिको सशक्त माध्यम भएको धारणा व्यक्त गर्नुभयो।

छन्दवादी समाज नेपालका प्रमुख सल्लाहकार तथा कार्यक्रमका विशेष अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीले छन्दीय चेतनाको विकासक्रम, छन्द र सामाजिक यथार्थबीचको सम्बन्ध तथा नेपाली साहित्यमा छन्दको भूमिकामाथि आफ्ना विचार प्रस्तुत गर्नुभयो। उहाँले छन्द सिर्जनामा अनुशासनसँगै भावनात्मक गहिराइ आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी विशेष अतिथि तथा वक्ताका रूपमा वरिष्ठ साहित्यकार एवं सौन्दर्यचिन्तक प्रा. डा. देवी नेपालले छन्दको सौन्दर्यशास्त्रीय पक्षमाथि गहन विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँले छन्दमा विचार, सौन्दर्य र मानवीय चेतनाको समन्वय हुँदा साहित्य अझ प्रभावशाली र दीर्घकालीन बन्ने कुरा उल्लेख गर्नुभयो।
कार्यक्रममा उपस्थित साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूले वक्ताहरूका धारणा प्रति चासो व्यक्त गर्दै अन्तर्क्रियामा सक्रिय सहभागिता जनाएका थिए र गोष्ठीले छन्द साहित्यप्रतिको बुझाइलाई थप समृद्ध बनाएको कुरा सहभागीहरूले बताए ।
कार्यक्रम छन्दवादी समाज नेपालका संस्थापक अध्यक्ष कविराज पौडेलको सञ्चालन तथा समाजका सल्लाहकार तथा कार्यक्रमका विशेष अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीको स्वागतमा सभ्य, सौहार्दपूर्ण र बौद्धिक वातावरणमा सम्पन्न भएको थियो। छन्दवादी समाज नेपालका सल्लाहकार, समालोचक डा. शालिकराम ज्ञवालीले यस्ता साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै छन्द साहित्यको प्रवर्द्धन, अध्ययन–अनुसन्धान र सृजनात्मक विमर्शलाई निरन्तर रूपमा अघि बढाउने कुरा जानकारी गराउनुभयो। उद्धव देवकोटा

Advertisement Banner
Previous Post

भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

Next Post

8 writers from Nepal  to join as speakers at the 12th Kalinga Literary Festival  at Bhubaneswar, Odisha in India  

Editorial Team

Recommended

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

4 years ago
Koshi province public service commission announces 518 vacancies

Koshi province public service commission announces 518 vacancies

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.