प्रभाको ‘विधुर पुरुष’ लघुकथासंग्रह विमोचन

साहित्यकार आचार्य प्रभाको ‘विधुर पुरुष’ लघुकथासंग्रह सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रममा लघुकथा समाजका संस्थापक श्रीओम श्रेष्ठ रोदन, सुमन सौरभ, आश्विनी कोइराला, ममता मृदुल प्रकाश सायमी, आचार्य प्रभा द्वारा संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको थियो । पुस्तकका बारेमा अतिथीहरुले बोल्नु भएको थियो ।

‘विधुर पुरुष’ संग्रहभित्र एक सय लघुकथा संग्रहित छन् ।आश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न उक्त लोकार्पण कार्यक्रम साहित्य पोष्टले आयोजना गरेको थियो ।

Comments are closed.