Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

सरकार कुनै किसिमको अपराध हुन नदिन कटिबद्ध रहेको छ : गृहमन्त्री अर्याल

Editorial Team by Editorial Team
January 14, 2026
in Government, Nepal, News
0
सरकार कुनै किसिमको अपराध हुन नदिन कटिबद्ध रहेको छ : गृहमन्त्री अर्याल
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं- गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार कुनै किसिमको अपराध हुन नदिन कटिबद्ध रहेको बताएका छन्। बुधबार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले अपराध हुन नदिन र भएको खण्डमा अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन्।

अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव खलबलिने, हिंसा भड्काउने, राजनीतिक हिंसा उत्पन्न हुने जस्ता कुरा बोल्नेहरुलाई सरकारले विगतमा पनि कारवाही गरेको र आगामी दिनमा पनि कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको गृहमन्त्री अर्यालले जानकारी दिए।

उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई अपराध नियन्त्रण गर्न बढी ध्यान दिन निर्देशन दिएको बताए। द्वन्द्व र हिंसा भड्किनु भन्दा पहिलानै पूर्व संकेत पाउने वित्तिकै स्थिती नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको र सोही अनुसार सफलता पनि पाइएको गृहमन्त्री अर्यालले जानकारी दिए। रोकथामको चरणमा सरकार निकै क्रियाशिल रहेको उनले बताए।

गृहमन्त्री अर्यालले संघीयताको असल अभ्यास कसरी गर्ने भन्ने सम्बन्धमा मधेश प्रदेश नै अग्रणी देखिएकोले आफूलाई खुसी लागेको बताए। मधेश प्रदेशले संघीयता कार्यान्वनका लागि खेलेको भूमिकालाई मार्ग दर्शन गर्दै अन्य प्रदेशहरुले पनि ग्रहण गर्ने उनले बताए। मधेश प्रदेशको भूमिका र पहललाई केन्द्र सरकारले पनि बढावा दिने गृहमन्त्री अर्यालले जानकारी दिए।

लुटिएका हातहतियार र फरार कैदीबन्दी नियन्त्रण सरकारको विशेष अपरेशन तहत रहेको गृहमन्त्री अर्यालले बताए । उनले अधिकांश हातहतियार र कैदीबन्दी पक्राउ परिसकेको र बाँकीलाई नियन्णमा लिने प्रयासहरु भइरहेको बताए। उनले केही जिल्लाहरुमा विशेष टेक्निकहरु अपनाएर हातहतियार र कैदिबन्दी समात्ने कार्यभइरहेको जानकारी दिए।

प्रहरीको बन्दोबस्तीका सरसामानहरु चुनाव अघि नै व्यवस्थापन गर्न भारती सरकारसंग समन्वय भइरहेको गृहमन्त्री अर्यालले जानकारी दिए । उनले सवारी साधन, गैर घातक हतियारलगायतका सामानहरु खरील पक्रियाहरु शुरु भइसहेको जानकारी दिए।

गृहमन्त्री अर्याललले सीमानाकामा बसोबास गर्दै आएका जनता नै असल सीमारक्षक भएको धारणा राखे । उनले सीमानाकामा बसोबास गर्ने जनतासंग राज्यको कटुता हुने कुनै व्यवहारलाई बढावा नदिने सरकारको नीति रहेको बताए । उनले सीमानाकाका जनताहरुसंग मिलेर यो राष्ट्रको सार्वभौमिकताको रक्षा सरकारले गर्ने उल्लेख गरे।

गृहमन्त्री अर्यालले लागूऔषध नियन्त्रण, धार्मिक सद्भाव कायम गर्न विशेष पहल भइहरको बताए । मौलिक धर्म संस्कृतिको रक्षा गर्नु सरकारको दायित्व भएकाले सरकार प्रतिबद्ध रहेको उनले बताए । धार्मिक आवरणमा गरिने हिंसा, राष्ट्र विरोधी गतिविधि गर्नेहरुलाई छुट नदिइने गृहमन्त्री अर्यालले जानकारी दिए ।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले मधेश प्रदेश सरकारले प्रहिरी समायोन नभएकाले प्रदेश सरकारलाई कामकाज अगाडि बढाउन समस्या भोग्नु परिरहेको गुनासो गरे । उनले गृहमन्त्री अर्याल समक्ष प्रहरी समायोज र कर्मचारी हस्तान्तरणको प्रक्रिया अगाडि बढाइदिन केन्द्र सरकारलाई आग्रह गरे ।

बैठकमा मधेश प्रदेशका गृहसञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सीमानाकाका क्षेत्रहरुमा हुँदै आएको लागुऔषध र अपराधका घटनाहरुबारे गृहमन्त्री अर्याललाई जानकारी गराएका थिए ।

Advertisement Banner
Previous Post

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

Next Post

‘E-Booking Nepal’ officially launched, integrating cultural-natural-adventure tourism into a digital platform

Editorial Team

Editorial Team

Next Post
‘E-Booking Nepal’ officially launched, integrating cultural-natural-adventure tourism into a digital platform

‘E-Booking Nepal’ officially launched, integrating cultural-natural-adventure tourism into a digital platform

Recommended

The Open Masters Games Abu Dhabi 2026 Kicks off in Abudhabi

The Open Masters Games Abu Dhabi 2026 Kicks off in Abudhabi

5 months ago
उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.