Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

शक्तिशाली युद्धपोत दक्षिण चीन सागरबाट पश्चिम एसियातर्फ पठायो अमेरिकाले

Editorial Team by Editorial Team
January 15, 2026
in News, World
0
शक्तिशाली युद्धपोत दक्षिण चीन सागरबाट पश्चिम एसियातर्फ पठायो अमेरिकाले
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– इरानमा जारी विरोध प्रदर्शन र बढ्दो तनावबीच अमेरिकाले दक्षिण चीन सागरमा तैनाथ आफ्नो शक्तिशाली युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’लाई पश्चिम एसियातर्फ पठाएको छ । न्युज नेसनकी ह्वाइट हाउस संवाददाता केली मेयरले स्रोतलाई उद्धृत गर्दै यस्तो दाबी गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै यो जानकारी दिएकी छन् । केलीले सामाजिक सञ्जालमा लेखेकी छन्, “इरानसँगको तनावबीच अमेरिकी सैन्य उपकरण पश्चिम एसियातर्फ बढिरहेका छन् । अमेरिकाले दक्षिण चीन सागरबाट आफ्नो युद्धपोतलाई पश्चिम एसियातर्फ रवाना गरेको छ । एक स्रोतले न्युज नेसनलाई यो जानकारी दिएको हो । युद्धपोत त्यहाँ पुग्न करिब एक हप्ता लाग्न सक्छ ।”

इरानले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । इरानमा आर्थिक संकटका कारण विगत केही दिनदेखि विरोध प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा २६ सयभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रदर्शनकारीको समर्थन गर्दै उनीहरूलाई मद्दत पठाउने बताइसकेका छन् ।
अर्कोतर्फ, इरानले अमेरिकालाई ‘जुन महिनाको जस्तै गल्ती’ नदोहोर्‍याउन चेतावनी दिएको छ । साथै, इरानले वार्ता र कूटनीतिमार्फत विवाद सुल्झाउनुपर्नेमा जोड दिएको छ । अमेरिका सधैँ कूटनीतिबाट पन्छने गरेको इरानले आरोप लगाएको छ ।
यूएसएस अब्राहम लिंकन ‘निमित्ज’ श्रेणीको पाँचौँ युद्धपोत हो । यो परमाणु ऊर्जाबाट चल्ने पोत हो । सामान्यतया यसलाई दक्षिण चीन सागरमा तैनाथ गरिन्छ ।
यसलाई सन् १९८९ मा अमेरिकी नौसेनामा सामेल गरिएको थियो । यो युद्धपोतको तौल करिब ९७ हजार टन छ । यसको फ्लाइट डेक करिब ४.५ एकडमा फैलिएको छ । यसको लम्बाइ करिब एक हजार ९२ फिट छ ।
यसमा चार ह्यांगर एलिभेटर छन् । यसले ९० लडाकु विमान बोक्न सक्छ । डेकमा अमेरिकाका सबैभन्दा आधुनिक लडाकु जेट एफ–३५सी तैनाथ छन् । यो युद्धपोतमा पाँच हजारभन्दा बढी नौसैनिक, मरिन र चालक दलका सदस्य रहन्छन् ।
यो युद्धपोत यति ठूलो छ कि यसको आफ्नै जीप कोड, टीभी र रेडियो स्टेसन, पत्रपत्रिका, दमकल केन्द्र, पुस्तकालय, अस्पताल, जनरल स्टोरजस्ता सुविधा पनि छन् । यो विश्वकै ठूला युद्धपोतमध्ये एक मानिन्छ ।

Advertisement Banner
Previous Post

Ukraine to spend €90bn on military needs, EU announces

Next Post

Five people killed as cargo truck overturns

Editorial Team

Editorial Team

Next Post
Five people killed as cargo truck overturns

Five people killed as cargo truck overturns

Recommended

Millennium Challenge Account Nepal spend reaches USD 107 million

Millennium Challenge Account Nepal spend reaches USD 107 million

1 month ago
Former King Gyanendra rejects current electoral process, calls for national consensus

Nepal: Former King Gyanendra Shah urges unity on Democracy Day

3 weeks ago

Don't Miss

नयाँ सरकार चैत १० भित्र गठन हुने

नयाँ सरकार चैत १० भित्र गठन हुने

March 13, 2026
इनिसा विक हत्या प्रकरण : न्यायका लागि विद्यार्थी सडकमा

इनिसा विक हत्या प्रकरण : न्यायका लागि विद्यार्थी सडकमा

March 13, 2026
इजरायली आक्रमणबाट लेबनानमा ६८७ जनाले गुमाए ज्यान

इजरायली आक्रमणबाट लेबनानमा ६८७ जनाले गुमाए ज्यान

March 13, 2026
नाडाका नवनिर्वाचित पदाधिकारीको पदभार तथा शपथ कार्यक्रम सम्पन्न

नाडाका नवनिर्वाचित पदाधिकारीको पदभार तथा शपथ कार्यक्रम सम्पन्न

March 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.