Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अमेरिकाबाट एकै दिन ८० नेपाली डिपोर्ट

Editorial Team by Editorial Team
January 22, 2026
in Nepal, News
0
अमेरिकाबाट एकै दिन ८० नेपाली डिपोर्ट
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानूनको परिपालन नगरेका भन्दै एकै दिन थप ८० जना नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं ल्याएर छाडिदिएको हो ।अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानूनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानून उल्लंघन गरेको जनाइएको छ ।
डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएको प्रहरीले जनाएको छ ।यसअघि पनि अमेरिकाले पटक–पटक नेपालीहरूलाई डिपोर्ट गर्दै आइरहेको छ ।पुस ३ गते विहिबार अमेरिकाले ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको थियो । त्यतिबेला डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष थिए । उनीहरू अधिकांश अवैध बाटो हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको थियो ।त्यसअघि अमेरिकाले मंसिर २ गते ३५ जना, भदौ १९ गते १९ जना र जेठ २५ गते ३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।अमेरिकाको राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै चार सय बढी नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० गतेदेखि अमेरिका सत्ता सम्हालेका हुन् ।

Advertisement Banner
Previous Post

एसईई चैत १९ गतेदेखि हुने

Next Post

पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

Editorial Team

Editorial Team

Next Post
पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

Recommended

नाडाका नवनिर्वाचित पदाधिकारीको पदभार तथा शपथ कार्यक्रम सम्पन्न

नाडाका नवनिर्वाचित पदाधिकारीको पदभार तथा शपथ कार्यक्रम सम्पन्न

1 month ago
फैलँदैछ क्रिप्टो–हुण्डी’ कारोवार

फैलँदैछ क्रिप्टो–हुण्डी’ कारोवार

4 days ago

Don't Miss

इरानी सेनाको कब्जामा रहेका नेपाली युवक अमृत झा रिहा

April 16, 2026
सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले भन्यो – एक दिनभित्रै गाडीको विवरण पठाउनू

सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले भन्यो – एक दिनभित्रै गाडीको विवरण पठाउनू

April 16, 2026
देउवा पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई

देउवा पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई

April 16, 2026
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

April 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.