Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

अनेसासद्वारा ‘युरोपस्तरीय खुला कविता प्रतियोगिता–२०२६’ आयोजना गरिने

Editorial Team by Editorial Team
January 25, 2026
in Literature, Nepal, News
0
अनेसासद्वारा ‘युरोपस्तरीय खुला कविता प्रतियोगिता–२०२६’ आयोजना गरिने
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ३५औँ स्थापना दिवसको अवसरमा युरोपमा रहेका नेपाली साहित्यिक सर्जकहरूका लागि ‘युरोपस्तरीय खुला कविता प्रतियोगिता–२०२६’ आयोजना गरिने भएको छ।

“साहित्यको संरक्षण, प्रवासमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ अनेसासका जर्मनी, फ्रान्स र पोल्याण्ड च्याप्टरहरूको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताले युरोपवासी नेपाली सर्जकहरूको सिर्जनालाई अन्तर्राष्ट्रिय नेपाली साहित्यिक वृत्तमा चिनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताका लागि कविता पठाउने अन्तिम मिति ३ फेब्रुअरी २०२६ तोकिएको छ। सहभागीले अधिकतम दुइ सय शब्दसम्मको कविता इमेल europpoem2026@gmail.com मा पठाउनुपर्नेछ। कवितासँगै सर्जकले हालसालै खिचिएको फोटो, ठेगाना तथा सम्पर्क नम्बरसमेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतका अनुसार युरोपमा रहेका नेपाली सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्तै, अनेसास पोल्याण्ड च्याप्टरकी अध्यक्ष सुसन बर्देवाले संस्थाको स्थापना दिवसलाई फरक ढंगले मनाउने सोचका साथ कविता प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

युरोप क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली साहित्यिक सर्जकहरूलाई यस प्रतियोगितामा सहभागिताका लागि आयोजक संस्थाले आह्वान गरेको छ।

Advertisement Banner
Previous Post

जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू’ तथा ‘नशा नशामा’ गीत लोकार्पित

Next Post

शंकर लामिछाने प्रतिष्ठानले ५०औं स्मृति दिवसमा “शंकर सन्दर्भ”को परिचर्चा

Editorial Team

Editorial Team

Next Post
शंकर लामिछाने प्रतिष्ठानले ५०औं स्मृति दिवसमा “शंकर सन्दर्भ”को परिचर्चा

शंकर लामिछाने प्रतिष्ठानले ५०औं स्मृति दिवसमा "शंकर सन्दर्भ"को परिचर्चा

Recommended

China, Russia veto US led push for more UN sanctions on North Korea over its renewed ballistic missile launches

China, Russia veto US led push for more UN sanctions on North Korea over its renewed ballistic missile launches

4 years ago
बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा

बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.