रम्बास कविता \ तुसारो

तुसारो

यो
मास
तुसारो
छरिएको
चिनी पोखेझैँ
हुँदा      सूर्योदय
उड्दैन  यो तुसारो
उमङ्ग    खुम्चिएको छ
चिन्तन  कठाङ्गिएको  छ
परिवेश समाजको ठन्डा
देश गुडुल्किएको उस्तै
सेलायो सौर्य मण्डल
देव दानको आशा
भक्त चाकडीमा
धरती चिसो
उराठिलो
मौसम
शुष्क
छ ।

गुरुदत्त ज्ञवाली
बुटवल, नेपाल

Comments are closed.